View Point Long Banner Ad

स्ववियु निर्वाचनबारे विद्यार्थी नेतासँग कांग्रेसले सुरु गर्‍यो छलफल

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी चैतमा हुने स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल सुरु गरेको छ ।

काठमाडौं उपत्यकाका क्याम्पसबाट स्ववियु सभापति र सचिव जितेकालाई बोलाएर आसन्न स्ववियु निर्वाचनबारे कांग्रेसले छलफल अगाडि बढाएको हो ।

 

नेविसंघ महाधिवेशनको समन्वय र सहजीकरणका लागि पार्टीबाट गठित निर्देशक समितिले गत स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरूसँग बुधबार छलफल गरेको हो ।

स्ववियु निर्वाचन गराउने वातावरण बनाउन र क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल भएको पार्टी केन्द्रीय सदस्य एवं निर्देशक समिति सदस्य प्रतिमा गौतमले जानकारी गराइन् ।

 

गत स्ववियु निर्वाचनमा काठमाडौं उपत्यकाका ठूला क्याम्पसहरू त्रिभुवन विश्वविद्यालय, आर्युवेदिक, पद्मा कन्या, शंकरदेव, पब्लिक युथ लगायतमा नेविसंघले जितेको थियो ।

५ चैतका लागि स्ववियुको निर्वाचन समय तोकिएको छ । चुनावी तालमेल नगरी प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको गौतमले बताइन् ।

‘स्ववियुको चुनावमा गठबन्धन नगर्ने कुरा छ । जसले जिते वा हारेपनि तालमेल नगर्ने तर चुनाव चाहिं हुनुपर्‍यो भन्ने छ,’

यसैबीच नेविसंघले स्ववियु निर्वाचनको वातावरण बनाउने सबै विद्यार्थी संगठनहरूको बैठक शुक्रबारका लागि डाकेको छ ।

पार्टीबाट गठित निर्देशक समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठोर छन् भने सदस्यमा प्रतिमा गौतम र राजीव ढुंगाना छन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...