बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित जनताको तर्फबाट, एक मार्मिक पत्र
सम्माननिय प्रधानमन्त्री ज्यु,माननिय उर्जा तथा अर्थ मन्त्री ज्यु , माननीय बुढी गण्डकी डुवान गोरखा धादिङका सम्पुर्ण साम्सद ज्युहरु साथै विभिन्न तह तप्काका पत्रकार मित्रहरू,बुढी गण्डकी आयोजना इकाई समितका प्रमुख ,त्यस कार्यलय संबंधित कर्मचारी मित्रहरू , बुढी गण्डकी डुवानका विभिन्न सरोकारका अध्यक्ष तथा सदस्य ज्युहरु एवम प्रवाभित दुबै जिल्लाका दाजुभाइ दिदिबहिनीहरु र विभिन्न गाउँपालिका का जन प्रतिनिधि ज्युहरु,फरक फरक तप्काका समाजसेवी बुद्धिजीवीहरु,बुढी गण्डकी सङ सम्बन्धित सम्पुर्ण पीडित जनताहरुमा सादर नमस्कार टक्राउछु।सर्ब प्रथम हाल मात्र गठन भएको ,गठबन्धनद्वारा बनेको बिकासमुखी सरकारलाई सामाजिक सन्जाल मार्फत बधाई
तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।यस सरकारले थोरै भए पनि राम्रो काम गरोस तर नराम्रो काम चै नगरोस भन्ने धारणा पेश गर्दछु।
दुबै जिल्लाका जन प्रतिनिधिहरुले, -कांग्रेसका सभापति एवम वर्तमान सरकारका सम्माननिय प्रधानमन्त्री शेर ब. ज्यु,माननिय उर्जा मन्त्री पम्फा भुसाल र माननीय अर्थ मत्री जनार्दन शर्मा ज्यु सङ भेटेर- बुढी गण्डकी जलाशययुक्त रास्ट्रीय गौरवको आयोजना अघि बढाउने कुरा र घरगोठ बोटबिरुवाहरुको कर कट्टी छुट गरि मुअब्जा तत्काल वितरण गर्ने अवधारणा राख्नु भएको र माननीय उर्जा मत्री पम्फा भुसालले उक्त कुरालाई करकट्टी छुट गर्ने भनी फेसबूक मार्फत पढ्न पाउदा ज्यादै खुसी लागेको छ।
म जस्तो सानो ब्याक्तिले-म आफै बिरामीको कारणले सरकारलाई भेट्न असमर्थन भएकोले,केहि धारणाहरु राख्न गइ रहेको छु।धादिङ र गोरखा जिल्लाको बिचमा बग्ने बुढी गण्डकीको गोरखा जिल्ला पट्टी १४ गाविस र धादिङ जिल्लाको १३ गाविस गरि जम्मा २७ गाविसका अधिकाम्स जनताहरुको जमिन जलाशययुक्त आयोजना निर्माण गर्नको निमित्त डुवान क्षेत्रमा परेको छ।
विभिन्न ११ शिर्षक राखी मुअब्जा वितरण गरिएकोमा- तत्कालीन उर्जा मन्त्री जनार्दन शर्मा समक्ष डुवान पीडित जनताद्वारा मुअब्जा रकम चित्तबुझ्दो नभएको कुरा राख्दा,डुवान पीडित जनताहरुलाइ अर्को साल घरगोठ बोटविरुवाको मुअब्जा दिदा,थप गरि चित्त बुझाउने कुरा गर्नु भएको थियो।तर जग्गाको को मुअब्जा दिएको पनि करिब पाँच बर्ष पुग्न लाग्यो।घरगोठ बोटविरुवहरुको करछुट गरि तुरुन्त आउने आशामा जनताले साहु सङ ,बैंक सङ ऋण मागी घर घडेरी किनेका बनाएका थिए।अहिले आएर बैंकको ब्याज र साहुको रकमको ब्याज तिर्दै जादा उक्त घरघडेरी नै बेच्च पर्ने बाध्यता शिर्जना भएको हुदा,९०% मानिसहरु सुकुम्बासी बन्न जाने कुरा मैले बुझेको छु। तसर्थ,सरकारले ११ बुदामा शिर्षक राखी घोषण गरेको बुदा न. ३ प्रती ध्यानाकर्षण गराउदछु।बुदा न ३ नम्बरमा भनिएको छ- घरगोठ भएको बस्ति र सहायक मोटरबाटोमा पर्ने बस्तीलाई प्रती रोपनी करिब रु ७,७३,०००।- भनिएको छ,२०७४ साल सम्म रु ७,७३,०००।- मुख हेरेर बाडिएको छ,त्यस पछि वितरण गर्दा प्रती रोपनी रु५,२५,०००।- दिइएको छ,तसर्थ बुदा न. ३ को “र”भन्ने अक्षरलाई हटाएर “र” को ठाउँमा “वा” बन्ने शव्द राखिनु पर्दछ।
बुदा न. १० मा विभिन्न share हरु हाल्न पआउने साथै तत्कालीन जिल्ला मुवब्जा समितिले निर्णय गरेको , ५ रोपनी र १० रोपनी भन्दा कम भएका जनताहरुको क्रमश १५% र १०% मुअब्जा थप गरि दिने कुरा पनि ध्यानाकर्षण गराउदछु। साथै ऐलानी दर्ता छुट भएको, रिङरोड निर्माण र सार्वजनिक स्कुल कजेज संघ सस्था इतिहासिक सास्कृतिक मठ मन्दिर आदिको मुअब्जा निर्णय गरिदिन हुन अनुरोध गर्दछु।र यअंश क्षेत्रहरु अभिलेख राख्नको निमित्त सरकारको ध्यानाकर्षण गराउदछु जस्तै- वृत्तचित्र निर्माण कार्य।
वर्तमान गठबन्धन सरकारले साच्चिकै न्याय दिने हो भने विगतको जग्गा जमिनको मुअब्जामा, प्रती रोपनी रु पाँच लाखको दरले थप गरि मुआब्जा दिनुपर्ने वा रास्ट्रीय गौरवको आयोजना भन्ने तर मुअब्जा चै जिल्ला दररेटमा दिने कुरा सङतयुक्त नभएकोले,घरगोठ बोट्बिरुवाहरुको मुअब्जा वितरण गर्दा जिल्ला दररेट नभइ रास्ट्रीय गौरवको आयोजना अनुसार घरगोठ आदि भौतिक संरचनाहरुको न्युनतम मुअब्जा रु ५,०००।- प्रति square feet को हिसाबले न्याय सङत हुन जान्छ र फलफूल बोट्विरुको मुअब्जा वितरण गर्दा रास्ट्रीय मापदण्ड अनुसार नै सम्बोधन गर्नुपर्दछ जस्तै-अरुण दोस्रोको नजिरमा।
अन्त्यमा ,डुवान क्षेत्र भित्र करडौ रुपैयाँको लागतमा जिल्लामा दर्ता गराइ संचालन गरिएका उधोगहरु-बाख्रा फोर्म,कुखुरा फोर्म ,माछा फोर्म र साना ठुला ब्यवसायहरु ,घरेलु उधोगहरुको ,फलफूलहरुको बगैंचा साथै अन्य उधोगहरुको छुट्टै मुल्यांकन गरि मुअब्जा उपलब्ध गराइदिन हुन एवम बुढी गण्डकी जलविधुत आयोजना इकाइ समिती कार्यलयले मनपरि ढङ्गबाट जग्गा जमिनको लाभकर भनी प्रती रोपनी २.५% देखि ३०% रकम काटी जनतालाई अन्याय गरेको हुदा उक्त रकम जनतालाइ नै फिर्ता गर्ने कार्य गरिदिनु हुन र नेपाल अधिराज्य भरी राजस्व नलाग्ने कुरा तत्कालीन मुअब्जा समितिले सिफारिस गरेको थियो तर त्यसो हुन सकेन र बुढी गण्डकी जलविद्युत इकाई प्रमुखमा दक्ष निस्पक्ष इमान्दार कर्तव्यनिस्ठ ,जनताको मर्म बुझ्ने निष्ठावान ब्याक्ती राख्दा जनता र सरकार बिच पुलको रुपमा काम गर्न सजिलो हुने कुरा सारा डुवान बासिहरुको र मेरो ब्याक्तीगत तर्फबाट अनुरोध गर्दछु।नमस्कार।
कृष्ण प्रसाद खनाल, भुपु प्रअ-रत्नेश्वर मावि गण्डकी गापा -५ दर्बुङ गरोखा
वि.सं.२०७८ साउन ३० शनिवार २२:२४
















