राष्ट्रिय मौलिक लोक भजन प्रतियोगीता २०८१ को आयोजना हुँदै
असार १ गते सांस्कृतिक संस्थान, जमल
सहयात्रा नेपालको मुख्य आयोजना र राष्ट्रिय लोक संस्कृतिक संघ तथा भ्यू प्वाईन्ट मिडियाको सहकार्यमा मिति २०८१ असार १ गते शनिवारको दिन राष्ट्रिय नाच घर सांस्कृतिक संस्थान जमलमा कार्यक्रमको आयोजना हुँदै छ ।
७ प्रदेशवाट ३–३ समुह को सहभागीता सँगै जम्मा २१ समुह र काठमाण्डौँ उपत्यकाको ४ समुह गरी जम्मा २५ समुह विच हुने प्रतिष्पर्धामा प्रथम हुने समुहले रु. १,००,०००/- (एक लाख) द्धितिय हुने समुहले रु. ५०,०००/- (पचास हजार) तृतीय हुने समुहले रु. २५,०००/- (पच्चीस हजार) र सान्तवना हुने समुहले ७,७७७/- (सात हजार सात सय सत्हत्तर)प्राप्त गर्ने छन् ।
देशै भरिबाट आएका उक्त समुहलाई प्रतिष्पर्धा गराउनका निमित्त नेपाली गीत, संगीत तथा भजनको क्षेत्रमा ख्याति कमाउनु भएका अग्रज व्यक्तित्वहरुको समुह निर्णायक मण्डल रहनेछ भने कार्यक्रमको संयोजक गायक तथा सर्जक श्री चन्द्र शर्मा रहनु भएको छ भने सह संयोजक अमृत खाति रहनु भएको छ । करिव हजार दर्शकको सहभागीता रहने उक्त कार्यक्रमको व्यवस्थापन भ्यू प्वाईन्ट मिडियाका निर्देशक श्री शान्त शिशिरले गर्नु भएको छ ।
दिनको ठिक ११ बजेवाट सुरु भई बेलुका ७ बजे समापन हुने उक्त कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, राजनितिकर्मीहरु, मन्त्रीज्यूहरु, माननीय ज्यूहरु, संगै करिव एक हजार दर्शकको सहभागीता रहने छ । राष्ट्रिय स्तरका ख्याती प्राप्त रेडियो, टेलिभिनज बाट प्रत्यक्ष प्रसारण रहने उक्त कार्यक्रममा सम्पूर्ण आयोजक टिमहरुले दर्शक महानुभावहरुलाई हार्दिक निमण्त्रणा समेत गरेका छन् । साथै निःशुल्क प्रवेशको व्यवस्था समेत गरेका छन् ।
वि.सं.२०८१ जेठ ८ मंगलवार १२:०७
















