बालकुमारी घटनाका युवाको शव सेनाको हेलिकप्टरमा लगियो काठमाडौंबाट सुर्खेत
ललितपुर । ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर लगिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।
गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
वि.सं.२०८० पुस १७ मंगलवार १४:१५
















