View Point Long Banner Ad

दाङबाट काठमाडौंको लागी छुटेको बस दुर्घटना

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका (९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

काठमाडौं । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश (०३(००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सेतोपाटीलाई जानकारी दिए।

एसपी मिश्रका अनुसार बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन्। उनीहरूमध्ये गम्भीर प्रकृतिका चोटपटक लागेका ६ यात्रुहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

अन्य घाइतेहरूको टिचिङ अस्पताल मलेखु र राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

काठमाडौं पठाइएका घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका(४ दाङका २६ वर्षीय बिमल चौधरी, लमही नगरपालिका(५ का ३० वर्षीय गोपाल मल्ल, ४६ वर्षीया माला के।सी, ५४ वर्षीय खुमप्रपसाद खत्री, घोराही नगरपालिका(१३ कि पद्मा गिरी र रूकुम पश्चिमको चौरजहारी नगरपालिका(१० का यज्ञबहादुर वली छन्।

सल्यानको सबेश्वरी गाउँपालिका(३ का २४ वर्षीय राजेन्द्र पुन, उनका ६ वर्षीय छोरा आशिष केसी, सल्यानकै बाघचौर नगरपालिका(१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुम पश्चिमको चौरजहारी नगरपालिका (१४ का २८ वर्षीय प्रेम पुन र दाङको दागीशरण नगरपालिका(१ का ८५ वर्षीय शिबलाल वि.क छन्।

गम्भीर घाइतेहरूमध्ये केहीलाई काठमाडौं रेफर गरिएको छ भने केहीको राजमार्ग र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

अन्य घाइतेहरूमा सल्यान सबेश्वरी गाउँपालिका (३ की ३२ वर्षीया रेखा केसी, काभ्रेको धुलिखेल नगरपालिका (१० का ५९ वर्षीय नारायण धिमाल, ५० वर्षीय रेखा वली, दाङको बबई गाउँपालिका(५ का २३ वर्षीय प्रदीप श्रीस र उनकी २२ वर्षीया श्रीमती मञ्जु श्रीस रहेका छन्।

त्यस्तै दाङको तुलसीपुर नगरपालिका (७ का ३३ वर्षीय बिजय केसी, रूकुम पूर्वको सिस्ने गाउँपालिका(८ का ३१ वर्षीय योगेश बुढा, सल्यानको बाघचौर नगरपालिका (१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुमपश्चिम चौरजहारी नगरपालिका(१४ का २८ वर्षीय खडक बि।क, सल्यानको बाघचौर नगरपालिका(९ का ४८ वर्षीय धन बहादुर वली घाइते छन्।

रूकुम पश्चिम चौरजारी नगरपालिका(१० बस्ने बर्ष ३२ को प्रबिण वली, चौरजहारी(१३ का २८ वर्षीय सचिन विष्ट, दाङको भालुवाङ गाउँपालिका(१ का ३८ वर्षीया सलमा खातुन, ३८ वर्षीय मोहमद हुसेन, तुलसीपुर उपमहानगरपालिका(५ का ३० वर्षीय मनोज खड्का र रूकुम पश्चिमको चौरजहारी नगरपालिलका (१४ का ३० वर्षीय विरेन्द्र केसी घाइते भएका छन्।

उनीहरूको राजमार्ग अस्पताल र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

दुर्घटनाग्रस्त बस अहिले पनि सडक किनारमै छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...