View Point Long Banner Ad

कम्युनिष्ट आन्दोलनलाई अब नयाँ ढंगबाट अगाडि बढाउनुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र स्थापनाको लागि वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको बताएका छन् ।

रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धारलाई पनि एकीकृत गर्ने काम सुरु भएको बताए । डा.बाबुराम भट्टराईले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने निर्णय गरेको प्रसंग कोट्याउँदै प्रचण्डले ढिलो चाँडो अन्य नेताहरु पनि मुल प्रवाहमा समावेस हुने विश्वास व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी)ले माओवादीसँग एकता गर्न कार्यदल बनाउने निर्णय गर्नुलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै प्रचण्डले ढिलोचाँडो समाजवादी केन्द्र निर्माण हुने निश्चित भएको बताए ।

क्रान्तिको बाटो वाङ्गोटिङ्गो हुने भन्दै उनले पुनः एकपटक निरन्तरतामा क्रम भङ्ग गर्ने प्रक्रिया सुरु बताए । पुरानो रुपमा अघि बढेर राष्ट्रको आवश्यकता पूरा हुन नसक्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनले बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...