View Point Long Banner Ad

राज्यले तीन बुँदे सहमती उल्लंघन गर्योः विप्लव समूहका नेता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको बताएका छन् । ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि सचिवालय सदस्य बुढामगरले आपत्ति जनाएका हुन् ।

‘हामीले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर सहमति गरियो । उहाँ सरकारबाट बाहिरिएपछि सरकारमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित राज्यका सबै निकायलाई तीन बुँदे पालना गर्न बारम्बार आग्रह गरेका छौँ,’ बुढामगरले भने, ‘उल्टै राज्यले हामीलाई पक्राउ पुर्जी जारी गरेर थुन्न खोज्छ । यो तीन बुँदे सहमतिको सरासर उलंघन हो, यसमा हाम्रो आपत्ति छ । राज्यले अशान्ति निम्त्याउन खोज्दै छ ।’

राज्यले तीन बुँदे सहमती उल्लंघन गर्न खोजेकाले त्यसबाट हुने क्षतिको भागिदार पनि राज्य नै हुनुपर्ने बुढाले बताए । राज्यले दमन गरेर आत्मसमर्पण गर्ने बताउँदै बुढाले त्यसको सशक्त प्रतिवाद गरिने बताए । एमसीसी एसपीसी लगायत मुद्दामा प्रतिवाद गरेकाले देशी विदेशी प्रक्रियावादीले नेताहरुलाई सिध्याउन खोजेको बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...