View Point Long Banner Ad

माधव नेपालले दिए कांग्रेस–माओवादीलाई चेतावनीः हाम्रो शक्तिको अवमूल्यन नहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताएका छन् ।

बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताए ।

‘अहिले धेरै किन भन्नु हुँदैन भने एमाले अहिले हामीलाई धेरै प्रहार गरिरहेका छैनन्’ उनले कार्यकर्तालाई भने, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नुहुँदैन ।’

तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उनको भनाइ छ । भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकोले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिए ।

‘राजनीतिमा मान्छेले बाहिर र भित्रका सबै कुरा राम्ररी देख्न सक्दैन’ उनले अघि भने, ‘ठूलो हन्डर(ठक्कर खानुपर्छ । पछुताउने बाहेक अरु केही पनि हुँदैन ।’

उनले आफूहरूलाई कम आकलन गर्दा स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो नोक्सानी भोगेको दाबीसमेत गरे ।

कांग्रेस–माओवादीलाई चेतावनी
कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति रोष प्रकट गर्दै चेतावनी समेत दिएका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेस(माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता र संसदको गणितीय खेलमा देखाइदिने चेतावनी दिएका हुन् ।

‘राष्ट्रिय राजनीतिको नयाँ दृश्य देखिरहेका छौं । आफूले धेरै पाउन सकेनन् भने अरुलाई सिध्याउँन सक्छन् । गणितीय खेल पनि हुन्छ, त्यसैले ख्याल गर्नुपर्छ’ उनले अघि भने, ‘हाम्रो शक्तिको अवमूल्यन गर्छ भने तिनिहरूले महँगो मूल्य चुकाउनु पर्छ ।’

गत निर्वाचनमा आफूहरू इमानदार भएर गठबन्धनको भर परेको र गठबन्धनले बेइमानी गर्दा कमजोर भएको दाबी गरे । ‘हामीले कांग्रेस र माओवादीलाई हिर्काइरहेका छौं’ उनले भने, ‘तिमीहरूको अहंकार, धोकादारी र बेइमानीले गठबन्धन जुन उदेश्यले अगाडि जानु पर्ने थियो त्यो नजाने स्थिति पनि बनेको छ भनेका छौं ।’

तर, अहिले आफूहरू राजावादी र संविधान मास्नेसँग जानसक्ने विकल्प नभएकोले गणतन्त्र पक्षधरसँगै जाने उनले बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...