View Point Long Banner Ad

चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते

३० माघ, काठमाडौं । पछिल्लो २४ घन्टामा बागमती प्रदेशको चितवनमा भएका फरकपरक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, बागमतीले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा मात्रै एकै दिन ६ वटा सवारी दुर्घटना भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार चितवनको भित्री सडक खण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा।प्र।०३(००२ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मंगलबार भएको उक्त दुर्घटनामा चालक २८ वर्षीय आलोक महतोको मृत्यु भएको छ ।

 

चितवन नगरपालिका(५ का महतोको दुर्घटनामा गम्भीर चोट लागेको थियो । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा राति करिब साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

त्यस्तै, चितवनमै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । ध्रुवचोकबाट ढकाल चोकतर्फ आउँदै गरेको ना ५ त ७३०७ नम्बरको ट्याक्टरले भट्ट चोकबाट टेकलाल चोकतर्फ जाँदै गरेको ना २५ प ७१३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

उक्त दुर्घटनामा चितवन कालिका नगरपालिका(७ बस्ने ४६ वर्षीय रामहरि थापा घाइते भएको र उनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक रत्ननगर न।पा।१५ बस्ने वर्ष(२५ को इश्वर परियार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

चितवनकै रामपुरमा मंगलबार साँझ करिब ७ बजेको समयमा स्कुटरले साइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २५ प ८३०९ नम्बरको स्कुटर ले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट साइकलमा सवार २३ वर्षीय भीमप्रसाद दराई, उनकी श्रीमती र ५ वर्षीय छोरा घाइते भएका छन् भने स्कुटर चालक चितवन भरतपुर महानगरपालिका(५ बस्ने ४० वर्षीय नरेन्द्र मल्ल पनि घाइते भएका छन् । स्कुटरको पछाडि बसेका मल्लका ६ वर्षीय छोरा पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मंगलबार नै चितवनकै धर्मचोकबाट टाइगरचोकतर्फ जाँदै गरेको ना ३५ प ५४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीया मनकुमारी गौतम घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका(५ नारनपुरका ३५ वर्षीय अर्जुन रिमाल सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।

चितवनमै ना।४५ प ८१०५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक जिल्ला बारा घर भइ हाल जिल्ला चितवन भरतपुर(९ स्थितमा डेरा गरी बस्ने २२ वर्षीय २२ को सबिर मियाँ घाइते हुन पुगेका छन् । मंगलबार करिब सवना ९ बजेको समयमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर(७ का ४८ वर्षीय कमल पण्डित पनि घाइते भएका थिए ।

चितवनमै रोकिराखेको कारमा स्कुटर ठोक्किँदा मंगलबार स्कुटर सवार एक जना महिला घाइते भएकी छन् । बा १६ च ८०७७ नम्बरको रोकीराखेको कारको अगाडी बा।प्र।०६(००१प २५१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

उक्त दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर(६, ईन्द्रपुरी बस्ने ७० वर्षीय सीता लामिछाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...