View Point Long Banner Ad

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते

काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छन्।

झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए।

स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।

गएको मंगलबार राति भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका२ सानोठिमीमा भण्डारीले चलाएको बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए। ‘घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो,’ डीएसपी न्यौपानेले बताए, ‘उनको शव पोस्टमार्टमको लागि शुक्रबार बिहान टिचिङ अस्पताल लगिएको छ। पूजाको भक्तपुरकै इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।’

भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन्।

अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका आफन्तको भनाई छ। मृतक युवक झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा हुन्।

उनीहरु अध्ययनका लागि अस्ट्रेलियामा बस्दै आएका थिए। केही दिनअघि मात्रै मूलघर भद्रपुर गएका उनीहरु फेरि अस्ट्रेलिया जानको लागि काठमाडौँ आएका थिए।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...