कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा
काठमाडौं । कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ ।
त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने
निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।
वि.सं.२०८१ मंसिर २४ सोमवार १०:१९
















