View Point Long Banner Ad

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

 

१० मंसिर,काठमाडौं। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो ।

चामल बोकेको सो ट्रक पल्टिँदा च्यापिएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार जारी छ ।

दुर्घटनापछि फरार ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी गत शनिबार चितवनको चित्रवन स्कुलका विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा कालिका नगरपालिका(३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आरम्भ पोखरेल छन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...