View Point Long Banner Ad

दरबारमार्गमा प्रधानमन्त्रीको शक्ति प्रदर्शन

६ मंसिर, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भोलि शुक्रबार राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

जनसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ । ‘हजारौं मानिस दरबारमार्गमा उतार्ने तयारी पूरा भएको छ । हाम्रो जनसभापछि राष्ट्रिय रूपमा एउटा सन्देश जानेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

 

गौतमका अनुसार शहीद गेटबाट सुरु भएर एमालेको जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्नेछ । ‘दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ’, उनले भने ।

जनसभाबाटै एमालेको वास्तविक शक्ति देखाइने नेताहरू बताउँछन् । ‘एमाले नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै कतिपय अराजक शक्तिहरूले अफवाह फैलाइरहेका छन् । त्यसको प्रतिवादमा पनि हो, यो सभा,’ एक नेताले भने ।

 

प्रधानमन्त्रीविरुद्ध भइरहेको प्रदर्शनकै प्रतिवाद गर्ने योजना अन्तर्गत एमालेले यो जनसभाको तयारीमा सम्पूर्ण शक्ति खर्चिएको छ । नेताहरूका अनुसार पछिल्लो साता राजधानीमा उपलब्ध सम्पूर्ण पार्टीपंक्ति र वर्गीय विभागहरु परिचालित भएका छन् ।

भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने एमाले तयारी छ । उपत्यका र आसपासका जिल्लाहरूबाट मानिस ल्याउने उद्देश्यकै साथ बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई संयोजक र बागमती अध्यक्ष कैलाश ढुंगेल सहसंयोजक रहने गरी तयारी समिति गठन गरिएको थियो । भट्टराईलाई तयारी समितिको संयोजक बनाउने निर्णयका कारण एमाले नेतृत्व अहिले अप्ठ्यारोमै परेको छ ।

हुन पनि जनसभाको अध्यक्षता गर्ने भूमिका पाएका तयारी समन्वय समिति संयोजक राजन भट्टराई आफैं कम्बोडिया उडे । जबकि प्रधानमन्त्रीले कम्बोडियामा लगानी गरेको अफवाह फैलाएको भन्दै गत ४ मंसिरमा मात्र विवादित व्यापारी दुर्गा प्रसाईं पक्राउ परेका छन् । तिनै प्रसाईंलाई एमालेले अराजकताको नाइके मान्छन् ।

अनि प्रसाईं पक्राउ पर्नु, अराजकताविरुद्ध एमाले जनसभा हुँदै गर्नु, तर जनसभाकै संयोजक भट्टराई कम्बोडिया उड्नुको संयोगबारे एमाले नेताहरूले खण्डन गरिरहेका छन् ।

प्रचार विभाग प्रमुख गौतम भने भट्टराईको कम्बोडिया भ्रमण पूर्वनिर्धारित भएकाले थप अलमलमा पर्न नहुने बताउँछन् । ‘यो भ्रमण पूर्वनिर्धारित हो, त्यसैले उहाँ संयोजक बस्न मान्नुभएको थिएन,’ गौतमले भने, ‘तर बागमती प्रदेश नै बढी परिचालित हुनुपर्ने भएकाले प्रदेश इन्चार्जलाई संयोजक बनाइएको थियो ।’

 

अर्थात् एमालेले जनसभालाई शक्ति प्रदर्शनकै रूपमा दिन भट्टराई संयोजक र ढुंगेल सहसंयोजक बनाइएका थिए । उनीहरूकै मातहत रहने गरी एमालेका २३ जनसंगठन, ३२ विभाग, केन्द्रीय निकाय, उपत्यकामा रहेका केन्द्रीय नेतृत्व र जनप्रतिनिधि परिचालित गरिएको नेताहरू बताउँछन् ।

भोलिको सभालाई दिइएको महत्त्व बुझ्न यसको तयारीमा लागेको समय र गतिविधि हेर्नुपर्छ । गत २४ कात्तिकमा बसेको सचिवालय बैठकले जनसभाबारे निर्णय गरेको थियो । त्यसयता एमालेको सम्पूर्ण ध्यान जनसभामा केन्द्रित छ, र भइरहेको गतिविधिलाई प्रचारात्मक बनाएको छ ।

जनसभाको तयारीका निम्ति अरू पार्टी काम छोडेर महासचिव शंकर पोखरेल आफैं खटिएका छन् । पोखरेलले जनसभा तयारीबारे २८ कात्तिकमा बैठक बोलाएका थिए । त्यही बैठकले डा। राजन भट्टराईलाई संयोजक बनाउदै ११ सदस्यीय संयोजन समिति बनायो । सहसंयोजकमा ढुंगेल र सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल र जनक चौधरी रहे । यसपछि हरेक दिन समितिमा रहेका सदस्यहरूले तयारीको काम गरे ।

३० कात्तिकको बैठकबाट जनसभाको औचित्य सार्वजनिक गर्नेदेखि विभागीय कामको बाँडफाँट भयो । भट्टराईले जनसभा गरिनुपर्ने पाँच कारण सार्वजनिक गरे । बक्तव्य अनुसार जनसभाको मूल उद्देश्य विधिको शासन र कानुनी राज्य निर्माणको पक्षमा जनमत बनाउनु हो । ‘राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न’, बक्तव्यमा भनिएको थियो ।

अरू कारणमा एमाले नेतृत्व सरकारले गरेको कामको प्रचार, पार्टीको गन्तव्य प्रष्ट पार्नुदेखि स्थानीय तहमा हुने उपचुनावको तयारीसम्म भनिएको छ । यद्यपि सरकारकै नेतृत्व गरिरहेका दलका नेताहरु सडकमा उत्रिने तयारी गरेपछि विपक्षी दलका नेताहरूले आलोचना गरिरहेका छन् । उनीहरूका अनुसार सत्तारुढ शक्तिले सडकमा आउने नभएर सरकारबाट हुने डेलिभरीमा सहयोग पुर्‍याउने हुनुपर्छ ।

सरकारको नेतृत्व र संसदको बहुमत पनि आफैंसँग हुँदा एमालेले सडक पनि कब्जा गर्ने नीति लिन नहुने उनीहरूको तर्क छ । एमाले नेताहरूले भने विपक्षी शक्ति सहित सरोकारवालाहरूको यस्तो टिप्पणीप्रति असहमत छन् ।

उपमहासचिव प्रदीप ज्ञवाली, सत्तारुढको मूल दायित्व डेलिभरी नै भएपनि अहिले सरकारको कामकै प्रचार गर्न पनि जनसभा आवश्यक परेको तर्क गर्छन् । बुधबारको पत्रकार सम्मेलनमा ज्ञवालीले सरकारले गरेको कामकै प्रचार हुन नसक्दा झनै निराशा बढ्ने भएकाले जनसभा आवश्यक परेको बताएका थिए ।

सरकारकै नेतृत्व गर्ने शक्तिले सडक जनप्रदर्शन गर्नुमा अर्को उद्देश्य भने उपचुनावको तयारी रहेको नेताहरूले बताएका छन् । तयारी समन्वय समितिका संयोजक भट्टराईले सत्तारुढले सभा गरेरै चुनावमा जाने अभ्यास संसारभर चल्ने तर्क गरेका छन् ।

‘।। झारखण्ड र महाराष्ट्रमा चुनाव भइरहेको छ । केही दिन अघिसम्म नरेन्द्र मोदी जहाज लिएर सबै ठाउँ सभा गर्दै हिँडेका थिए’ भट्टराईले बुधबारको पत्रकार सम्मेलनमा भनेका थिए, ‘अमेरिकामा राष्ट्रपतिको चुनावपछि मिडटर्म हुन्छ, त्यहाँ राष्ट्रपति आफैं मत मागेर हिँडिरहेको हुन्छ ।’ त्यसैले सडकमा जाने भन्नासाथ मुठभेडमा उत्रने वा सरकारलाई दबाब दिने उद्देश्य मात्र बुझ्न उनको तर्क छ ।

एमाले जनसभाको नलुकेको अरू सन्देश भने प्रधानमन्त्रीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सडकमा लगाइरहेको नाराबाजी र दुर्गा प्रसाईं समर्थकहरूको गतिविधि पनि देखिन्छ । प्रचार विभाग प्रमुख गौतमले एमालेविरुद्ध भइरहेको सबै अफवाह प्रतिवाद गरिने पनि बताउँछन् ।

‘अहिले विधिको शासन र कानुनी राज मान्दिनँ भनेर सडकमा आउने काम भइरहेको छ । अनुसन्धान र अभियोजनमा असहयोग गर्न खोजिँदैछ । सडकबाटै एमालेविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ,’ गौतमले भने, ‘एमालेविरुद्ध र समृद्धिको यात्रामा अवरोध हुनेगरी सिर्जना गरिएको अराजकता तोड्न सडकमा आउनु परेको हो ।’ उनी यो जनसभाबाट एमालेले विधिको शासन र कानुनी राज्यको प्रचार गर्ने बताउँछन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...