चिनारी तीज म्यूजिक अवार्ड–२०८१ सम्पन्न
काठमाडौं । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र चिनारी टाईम्स्को सहकार्यमा मिति २०८१ भाद्र १२ गते बुधबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भब्य समारोहकाबीच सम्पन्न भएको छ ।
चिनारी तीज म्यूजिक अवार्ड तथा स्रष्टा सम्मान–२०८१ कार्यक्रम, वविता श्रेष्ठको सभापतित्वमा नेपालको प्रथम महिला मुख्य मन्त्री माननीय अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा र लोक साँस्कृतिक संघका कार्यवहाक अध्यक्ष तथा गायक सर्जक अमृत खातीको स्वागत मन्तव्य साथै माननीय विमला नेपाली, माननीय उर्मिला सुनुवार, वरिष्ठ गायिका मिरा राणा,चन्द्रकला शाह, सगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य टिका पुन, प्राज्ञ तथा भाषाविद् यज्ञराज उपाध्याय, राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगाना, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य भाषा साहित्य संस्कृतिक विभाग प्रमुख विद्या तिमिल्सिना, गायिका समाजसेवी मिना बज्राचार्य, गुरुङ्ग कलाकार संघकी अध्यक्ष, शर्मिला गुरुङ्ग, राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्याल राष्ट्रिय लोक साँस्कृतिक संघ र चिनारी टाईम्स्का सल्लाहकार चन्द्र शर्मा लगायत विभिन्न संघ संस्थाका प्रमुखज्यूहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

उक्त समारोहमा नेपाली गीत संगीतमा क्रियाशिल रहि विभिन्न विधा मार्फत योगदान पु¥याउनु हुने विशिष्ट अग्रज स्रष्टा सर्जकलाई सम्मान प्रदान गरियो । सम्मानीत स्रष्टा सर्जकहरुमा अग्रज गायक रामप्रसाद खनाल, लोकप्रिय सर्जक नवराज पन्त, गायिका सकुन्तला थापा, संगीता थापा, कोपिला गौतम वरिष्ठ नृत्य निर्देशक शम्भु शाही, पत्रकार एलिना खनाल, लोकप्रिय सर्जक सुनिल वि.सी., निर्देशक निरेन श्रेष्ठ, कलाकार हनुमान एसमाली (सुदिप), विनोद सुनुवार, सर्जक साजन पराजुली, राम शिशिर सुनार, रोम श्रेष्ठ, सञ्जु लामा, मालती मगर, धु्रव पोख्रेल लगायत विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

साथै विभिन्न तिज गीत विशेष विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो अवार्ड प्राप्त गर्नेहरुमा क्रमशः सर्वोत्कृष्ट लोकप्रिय तीज गीत गायक हर हर महादेवबाट जीवन दाहाल, राजन कार्की, गायिका कमला वि.क. सुनार, शान्ता बर्देवा, मोफसल गायिकाको अवार्ड लक्ष्मी वि.सी., विष्णु बराल, युगल गायिका तीज गीतबाट श्रीदेवी देवकोटा, मिना लामा, तीज गीत गायिका जुरी अवार्ड राधिका ढकाल, तीजगीत गायिका मन्जु गौतम, गायिका पब्लिक च्वाईसबाट सिमा थापा, मौलिक तीज गीत गायिका शान्ती शाही, युगल गायिका जुरी अवार्ड उमा श्रेष्ठ, तीज गीत बहुआयामिक गायिका जानकी तारमी मगर, तीजगीत शब्द महिला तर्फ कमला थापा, मौलिक तीजगीत शब्द लोकराज अधिकारी, तीजगीत भाका रोशन परियार, तीजगीत गायक रामप्रसाद उपाध्याय पौडेल, तीजगीत शब्द पुरुष रेम गुरुङ्ग, तीज गीत संगीत संयोजक खेमराज गौतम, मौलिक तीज गीत गायक कमल वि.सी. ‘माल्दाई’, मौलिक तीजगीत गायक जुरी कुल बहादुर वली, तीजगीत नव गायक सन्तोष आचार्य, तीजगीत कोरियोग्राफर, प्रियंका ऐर, तीजगीत मोडल महिला (डायस्पोरा) सन्जु घिमिरे, मौलिक तीजगीत मोडल महिला सिम्रन दुलाल ‘कुशुम’, तीजगीत प्रत्यक्ष गायिका उर्मिला बास्तोला, तीजगीत मोडल महिला सुस्मिता श्रेष्ठ, तीजगीत मोडल जुरी अवार्ड उषा सुवेदी लगायतले सर्वोत्कृष्ट अवार्ड चुमेका छन् ।
उक्त अवार्ड निर्णायक मण्डलमा निर्णायक संयोजक यज्ञराज उपाध्याय थिए भने निर्णायक मण्डलमा लोकप्रिय गायक नमराज ढुंगाना, लोकप्रिय गायिका सिता थापा, चर्चित गायक हेमन्त शिशिर, गीतकार शशि शर्मा मजगैया, गायिका सुष्मा ठकुरी, आयोजकको तर्फबाट सर्जक शान्त शिशिरले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
वि.सं.२०८१ भदौ १७ सोमवार १०:३५
















