View Point Long Banner Ad

२१ हिमताल विस्फोटको जोखिममा

दुई अन्तर्राष्ट्रिय संस्थाले तीन वर्षअगाडि गरेको अध्ययनले नेपालका २१ हिमताल फुट्ने जोखिममा छन् । तर, जोखिम न्यूनीकरणका लागि चाहिने बजेट जुटाउन सरकारलाई सकस भएको छ ।

नेपाललाई असर पार्ने विस्फोटको जोखिममा रहेका हिमताल ४७ छन् । यसबाट जोखिम रहेकाले ठुलो धनजनको क्षतिको खतरा कायमै छ । त्यसैले विज्ञको सुझाव छ– ठुला ताल फुट्नबाट जोगाउन तत्काल उपाय थाल्नुपर्छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तीन वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिन्दुकुश हिमालय क्षेत्र भनिने यस क्षेत्र(नेपाल, भारत र तिब्बत)मा मा रहेका पहिचान भएका तीन हजार ६२४ हिमतालमध्ये ४७ विस्फोटनको उच्च जोखिममा छन् । यीमध्ये सबैभन्दा बढी तिब्बतमा २५, नेपालमा २१ र एउटा भारतमा छ ।

अध्ययनमा संलग्न इसिमोडका वरिष्ठ जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठ ससाना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेका वेला ठूला ताल फुट्नबाट जोगाउन उपाय थाल्नुपर्ने बताउँछन् । ‘इम्जा १ वर्गकिलोमिटर र च्छोरोल्पा १.६ वर्गकिलोमिटरमा फैलिएका जोखिमयुक्त ठूला हिमताल हुन् । ससाना ताल फुट्दा विनास भइरहेको छ, ठूला ताल फुट्दा त प्रलय नै हुन्छ,’ श्रेष्ठले भने, ‘हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन् । हिमनदीले ओगटेको क्षेत्रमा ताल बनेका छन् । पहिले प्राकृतिक रूपमा ताल बढिरहेका थिए । पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका हुन् ।’

उनले हिमतालको समग्र अध्ययन भएको र क्षेत्रगत रूपमा भौगर्भिक अध्ययन पनि गर्नुपर्ने बताए । ‘ताल फुट्दा जलाधार क्षेत्रमा नोक्सानी हुने देखियो । मानववस्तीसँगै जलविद्युत् र सिँचाइका परियोजना त्यहीँ छन् । तालको जोखिम घटाउने त छँदै छ । नदीका तटीय क्षेत्रमा तटबन्धन गर्ने, बस्ती स्थानान्तरण गर्ने काम पनि सँगै अघि बढाउनुपर्ने देखियो,’ उनले भने ।

जलवायु विशेषज्ञ सुदीप ठकुरीले अहिले ठूला हिमताललाई मात्र प्राथमिकतामा राखिएको, तर ससाना तालले पनि जोखिम बढाइरहेको बताए । ‘हिमनदी आइसभित्र पनि ताल हुन्छन् । ती ताल फुट्न सक्ने सम्भावना हुन्छ । अध्ययन नगरी तटीय क्षेत्रवरपर बस्ती बसाल्नुभएन, भएका बस्ती पनि स्थानान्तरण गर्नुपर्छ । पहिलो काम अध्ययन–अनुसन्धान हो । यथार्थ विवरण ल्याइसकेपछि तालको जोखिम घटाउने र बस्ती स्थानान्तरणका कार्यक्रम अगाडि बढाउन सकिन्छ । पूर्वदेखि पश्चिमसम्म भिरालो पहाड छ । जतिखेर पनि पहिरो जान सक्ने, ढुंगा, चट्टान खस्न सक्ने भएकाले हिमताल विस्फोटको जोखिममा हुन्छन्,’ उनले भने ।

युनडिपी र इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार सुनकोशी सहायक जलाधार क्षेत्रमा मात्र तिब्बततिर चारवटा हिमताल उच्च जोखिममा छन् । ती तालमध्ये कुनै एउटा फुटेर भोटेकोशीमा बाढी आएमा कम्तीमा १६ हजार जनसंख्या प्रभावित हुन सक्छ । २७१ रोपनी खेतमा असर गर्न सक्ने, भोटेकोशी जलाधार क्षेत्रमा रहेका जलविद्युत्मा क्षति हुन सक्ने र चार अर्ब डलरको क्षतिको आकलन गरिएको छ ।

श्रेष्ठले भनेझैँ नेपालमा ठुला हिमताल फुट्दा निकै ठुलो क्षति बेहोर्नुपरेको छ । जस्तो, सनु १९६४ र १९८१ मा गरी दुईपटक तिब्बतमा रहेको सेरेमाचो हिमताल फुट्दा नेपाल र तिब्बतमा गरी दुईवटा पुल बगाएको थियो । सुनकोशीको बाढीले ४० घर रहेको पुरानो बाह्रबिसे बजार बगाएको थियो ।

पछिल्लोपटक थामे जलाधार क्षेत्रमा रहेको करिब चार हेक्टरको थ्याङ्बो हिमताल फुट्दा खोलाछेउको थामे बस्ती बगायो । दुधकोशी नदीको सहायक खोला थामेमा ३२ साउन दिउँसो आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका १५ घरमा पूर्ण क्षति गर्दा १० घरमा आंशिक क्षति गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान प्रविधि स्कुलका डिन सुदीप ठकुरीको अध्ययनअनुसार ताल फुट्दा तीन लाख ४० हजार घनमिटर पानी बाहिर निस्किएको छ । जसको परिणामस्वरूप तालको पानीको गहिराई १५ मिटर घटेको छ ।

दिउँसो घटना भएकाले मानवीय क्षति हुनबाट जोगिए पनि यो घटनाले ठुलो पाठ सिकाएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान प्रविधि स्कुलका डिन सुदीप ठकुरी भन्छन्, ‘दुई वर्षअघि हामीले अध्ययन गर्दा जोखिमपूर्णमा देखिएको थिएन । अहिलेको घटनाले ससाना हिमताल पनि अध्ययन गर्नुपर्ने र ती जोखिमपूर्ण छन् भन्ने देखिन्छ ।’

जस्तो, २१ असार ०७३ मा सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध भत्काउनका साथै तटीय बस्तीका घर बगाएको थियो । मितेरी पुलभन्दा २० किलोमिटरमाथि रहेको जाङ्जाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको एउटा सानो हिमताल फुट्दा दुई लाखदेखि साढे दुई लाख घनमिटर पानी बाहिरिएको थियो । ०७४ मा पनि मकालु हिमशृंखलाअन्तर्गत पर्ने यउपा पिकको फेदमा रहेको सानो आकारको लाङ्माले हिमताल फुट्दा होटेल, गोठ, पुल र चौपाया बगाएको थियो ।

किन बढिरहेका छन् हिमताल ?

विज्ञहरू सम्मिलित अध्ययनअनुसार बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिएर हिमताल बढे्का हुन् । ‘हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन् । हिमनदीले ओगटेको क्षेत्रमा ताल बनेका छन् । पहिले प्राकृतिक रूपमा ताल बढिरहेका थिए । पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका हुन्,’ वरिष्ठ जलवायुविज्ञ शेष श्रेष्ठले भने ।

तीनवटै देशमा रहेका हिमतालको क्षेत्रफलसमेत बढेको पाइएको छ । हिन्दुकुश हिमालय क्षेत्रमा हिमतालको क्षेत्रफल ९४.४ वर्ग किमिदेखि १२७.६ वर्ग किमिसम्म बढेको छ । तालको संख्यामा ८६ र क्षेत्रफलमा ३५.१ प्रतिशतले वृद्धि एकीकृत प्रतिवेदनमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको अध्ययन (सन् १९७१–२०१४) अनुसार नेपालको अधिकतम तापक्रम वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेल्सियस छ । यो वृद्धिदर हिमालमा ०.०८६, उच्च पहाडमा ०.०६८, मध्यपहाडमा ०.०५२, शिवालिक क्षेत्रमा ०.०३० र तराईमा ०.०२१ डिग्री सेल्सियस छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...