बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका– ५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र ०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना.६ख ५९२७ नम्बरको ट्रक एक–आपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।
घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका– २ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका– २ का ३५ वर्षीय नीरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
वि.सं.२०८१ साउन २८ सोमवार १४:११
















