View Point Long Banner Ad

रुसकोयुक्रेनी आक्रमण रोक्न नयाँ अभियान सुरु

एजेन्सी । रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ ।

विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् । रूसले यस प्रक्रियालाई रोक्नका लागि ुट्याङ्क रकेट लन्चु र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ ।

रूसको आतङ्कवाद विरोधी समितिले शुक्रबार बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ । अभियान सुरु गरिएका क्षेत्रमा आवागमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ । समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दावी गरेका थिए । अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...