View Point Long Banner Ad

पहिरोमा परि घाइते २ जनालाई हेलिकप्टरमा काठमाडौं लैजाने तयारी

पोखरा । बागलुङको बडीगाड गाउँपालिका-१० मा मंगलबार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधबार बिहानसम्म पनि उपचार पाएका छैनन् ।

बडीगाडको वडा नम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन् । ९ जना घाइते बनेका छन् ।

मंगलबार ढिला पनि भएको र मौसमका कारण उपचारका लागि स्वास्थ्य संस्थासमेत पुर्‍याउन नसक्दा घाइतेलाई गाउँमै राखिएको छ ।

उनीहरुलाई उपचारका लागि अहिले बुर्तिबाङ अस्पताल लैजान लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

‘२ जना महिलाको अवस्था गम्भीर रहेको जानकारी पाएका छौं । मौसमका कारण मंगलबार उपचारका लागि पुर्‍याउन नसकिएपछि गाउँमै प्राथमिक उपचार गरेर राखिएको छ । अहिले बुर्तिबाङ लैजाने तयारी भइरहेको छ,’ सहायक सिडिओ बरालले भने, ‘बेपत्ता ४ जनाको खोजीका लागि बिहानैदेखि प्रहरी, नेपाली सेना खटिएको छ ।’

घाइतेलाई उपचारका लागि काठमाडौं लैजानका लागि मंगलबार साँझ नै हेलिकप्टर मगाइएको भए पनि सदरमुकाम बागलुङ बजार नै राखिएको छ ।

गम्भीर घाइते बिरामीलाई बुर्तिबाङ बजार पुर्‍याएर त्यहाँबाट काठमाडौं उपचारका लागि लैजाने तयारी भइरहेको बरालले जानकारी दिए ।

गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको मंगलबार साँझ मृत्यु भएको थियो । उनीसँगै सो घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको हो । मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् ।

वडानम्बर १० हुँदै बग्ने दर्लिङ सल्लेना खहरे खोलाले तान्न सक्ने डरले छिमेकी, आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार हिँडेका, एसइईको पुरक परीक्षा जान हिँडेका विद्यार्थी खोला तर्न नसकेर आरुपाटामा सुरक्षित देखेर जोगलालको घरमा आश्रय लिएका थिए । बिहान त्यही घर र गोठ पहिरोले बगाएको हो ।

पहिरोमा परी घरधनी घाइते जोगबहादुरको मृत्यु भयो भने जुम्ल्याहा नातिनीमध्ये ७ वर्षीय मालतीको ज्यान गएको थियो । अर्की नातिनी मधु बेपत्ता हुन पुगेकी छन् ।

घाइतेमा २६ वर्षीय ओमप्रसाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् ।

पहिरोबाट दौडिएर भाग्न र उम्कनै नसक्ने उमेरका ३ महिनाकी शिशुदेखि नाबालकदेखि ७० वर्षीया वृद्धासम्मले ज्यान गुमाएका छन् ।

बडिगाड गाउँपालिका वडा नम्बर ९ मा पहिरोले पुरिएर भीम बिठे मावि कक्षा ५ मा अध्ययनरत १४ वर्षीय बालक विधान परियारको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ९ मै २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...