मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई
आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्।
शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।
उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।
यस्तै सुमना केसी मिस अर्थ भएकी छन् भने मिस नेपाल इन्टरनेसनको ताज करूणा रावललाई प्रदान गरिएको छ।
वि.सं.२०८१ साउन २० आइतवार ०६:५९
















