View Point Long Banner Ad

२२ जनामा हैजा संक्रमण

काठमाडौँ — दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन् ।

खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्रायः सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको छ । ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित चौलानी पानीजस्तो पातलो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् ।

‘सबै झाडापखाला हैजा होइन । हैजा परीक्षण गर्नका लागि र्‍यापिड किट पनि पाइन्छ तर त्यो भरपर्दो छैन । यकिन गर्नका लागि प्रयोगशालामा कल्चर नै गरेर हेर्नुपर्छ,’ मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने, ‘अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आए पनि त्यो र्‍यापिड किटको परीक्षणमा मात्रै देखियो, प्रयोगशालामा कल्चर गरेर हेर्दा भिब्रियो कोलेरा पाइएन ।’

डा. बुढाथोकीका अनुसार समयमा नै उचित स्वास्थ्योपचार नपाए हैजा संक्रमितको मृत्यु हुने जोखिम उच्च हुन्छ । ‘हैजा सामान्य झाडापखालाजस्तो होइन । तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० प्रतिशतसम्म मृत्युदर हुन्छ,’ उनले भने । उनका अनुसार हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण हुँदैन तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जीवाणु रहने भएकाले अरूमा सर्न सक्छ ।

हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदूषित गरेको खण्डमा महामारीको रूप लिन सक्छ । मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले बुधबार विज्ञप्ति जारी गरेर हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले सजग रहन सबैलाई आग्रह गरेका छन् । हैजाबाट जोगिन पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनुपर्छ । झिंगा लागेका, सडेगलेका, नपाकेका र खुला स्थानमा राखिएका खाद्य पदार्थ खानु हुँदैन ।

पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका सहायताले निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । शौचालयको प्रयोग गरेपछि तथा खाना खानुअघि साबुनपानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...