नेकपा एमाले बागमती प्रदेश कमिटीका मनोनितले लिए शपथ
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएकाहरूले शपथ लिएका छन् ।
प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार पहिलो र दोस्रो सचिवालय बैठकले ३४ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो ।
मनोनीतहरूलाई बुधबार राजधानीमा एक कार्यक्रम गरी शपथ गराइएको हो । उनीहरूलाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाल ढुंगेलले शपथ गराएका थिए ।
वि.सं.२०८१ साउन १६ बुधवार १८:४७
















