दुई जना राजदूतका लागि १ सय जनाको आवेदन
काठमाण्डौ । दुई जना राजदूतका लागि बुधबारसम्म करिब १ सय जनाको आवेदन परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को भागमा परेको राजदूतका लागि आवेदन बुझाउनका लागि पार्टीले शुक्रबारसम्मको समय दिएको हो ।
पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा। अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।
‘हालसम्म करिब १ सय जनाको आवेदन आएको छ । शुक्रबारसम्म समय रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने संयोजक खनालले बताएका छन् । आवेदनको सूचीबाट अन्तिम उम्मेदवार यसअघिकै तीन सदस्य समितिले छनोट गर्ने कि नयाँ समितिले गर्ने भन्ने विषय पनि टुङ्गो नलगाकेको उनले बताएका छन् ।
यसबारे पनि शुक्रबार मात्र निर्णय गरिने खनालको भनाई छ । ‘धेरै जनाको उम्मेदवारी परेको छ । त्यसैले छनोट प्रक्रिया लामो हुनसक्छ,’ उनले भने । गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो ।
सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।
वि.सं.२०८१ असार १२ बुधवार १८:५१
















