View Point Long Banner Ad

बालेनको स्टाटसप्रति तिन दलका जनप्रतिनिधिको असन्तुस्टी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभामा तीन दलका जनप्रतिनिधिले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय सभागृहमा भइरहेको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयरको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् ।

नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको अघिल्लो बैठकमा तीन दलका नेताहरुले संयुक्त रुपमा संशोधन हाल्न खोजेका थिए । त्यसका लागि एक घन्टा समय माग्दा अस्वीकार गरेका मेयर बालेनले बैठक स्थगित गरे ।

लगतै उनले ती नेताले १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरको कुनै पनि नीति योजनाबारे छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुछ ।’

मेयर बालेनको त्यही स्टाटसमा तीन दलका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आरोपित गरेको गुनासो गरे ।

उनीहरुले आफूहरुले साझा रुपमा संशोधन प्रस्ताव तयार पारेको भन्दै पेश गरेका छन् ।

साथै मेयरप्रति असन्तुष्टि पोखे । एमालेबाट निर्वाचित वडाध्यक्ष पराजुलीले आफूहरु दलको घोषणापत्र र चुनाव चिह्न लिएर जनतामाझ गएको र अहिले दल र जनताले चुनावमा गरेको बाचा पुरा गर भनेर भनिरहेको बताए । त्यसअनुसार साझा धारणा बनाउन एक घन्टा बैठक सारौं भन्दा मेयरले बैठक स्थगित नै गरेर स्टाटस लेखेको भन्दै उनले भने, अन्तिम गाँसमा ढुंगो लागेको जस्तो । नमिठो जस्तो । जुन खालको स्टाटस आयो, त्यसमा दुःख लाग्यो ।’

यसअघि पनि आफूहरु तीन जनाले मेयर, उपमयेर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने गरेको भन्दै उनले प्रश्न गरे, के हामी निरंकुश नै हौं र त्यसो हो भने २ वर्षसम्म गरेको कामलाई निरंकुश तानाशाही भनिदिनुपर्‍यो ।’

उनले नेताहरुको नाम लिंदै स्टाटस हाल्दा आफ्नो मर्यादालाई ख्याल गर्न समेत आग्रह गरे ।

सम्बोधनका अन्तिममा उनले गीत सम्झिए, ‘तिम्रो जस्तो मुटु मेरो पनि, नबोलाउ मलाई निष्ठुरी भनी ।’

एकीकृत समाजवादीबाट निर्वाचित डंगोलले मेयर बालेनको स्टाटसतर्फ इंगित गर्दै त्यसले आफूलाई निन्द्रा नलागेको बताए । उनले भने, ‘लेनदेन गरेको कुरा आयो, हामीले कहाँ लेनदेन गर्यौं तपाईं भनिदिनुस् मेयरसा’ब ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...