View Point Long Banner Ad

अर्थमन्त्रीले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभाको अवरोध हट्यो

अर्थमन्त्रीले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभाको अवरोध हट्यो

प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ ।

अर्थमन्त्री गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१र८२ को बजेटमा हिसाब नमिलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार बैठक अवरुद्ध गरेको थियो ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं। १३९ मा त्रुटि पाइएको थियो । ‘मनसायरहित मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई स्पष्टताका साथ आद्यवधि गरी सोको विवरण माननीय सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराएको व्यहोरासमेत अनुरोध गर्दछु’, शुक्रबारको प्रदेश सभा बैठकमा उनले भने ।

आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए ।

बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका थिए । बजेटमाथि बिहीबारबाट छलफल सुरु भएको थियो ।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...