सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले गरे विद्यालयलाई निःशुल्क पोशाक वितरण
सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले गरे विद्यालयलाई निःशुल्क पोशाक वितरण गरेका छन् । सुनकोशी गाउँपालिक–१ ठोकर्पामा रहेको बालशिक्षा आधरभुत विद्यालयमा अध्ययनरत सबै(१३२) विद्यार्थीहरुलाई विद्यालय पोशाक निःशुल्क प्रदान गरेका छन् । अल्पसंख्यक पहरी समुदायका बसोबास रहेको जामुने पहरी बस्तीमा यो वर्ष मात्रै सुनकोशी गाउँपालिकाले कक्षा–८ सम्म अध्ययापनको अनुमती प्रदान गरेको थियो । विद्यालयले पुर्व शिक्षकहरु हरिकृष्ण पौडेल,रामप्रसाद खनाल,तारानाथ ढुगाना र तोयानाथ सापकोटा लगायतलाई सम्मान गरेको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ,वडा अध्यक्ष कुमार शाही,वाघभैरव माविका पुर्व प्रअ शिवप्रसाद न्यौपाने,शिक्षा समिति सदस्य कृष्णप्रसाद सुवेदी लगायतले पहरी समुदायमा रहेको यो विद्यालयको स्तोरन्नतीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वि.सं.२०८१ असार ४ मंगलवार १८:१६
















