View Point Long Banner Ad

कृष्ण कँडेलको इज्जत दाउमा, गायिका श्रेष्ठको गम्भीर आरोप कँडेलद्वारा सामाना गर्दै

काठमाडौं । लोक संस्कृति जगेर्नाका नाममा श्रव्यदृष्य मनोरन्जनात्मक कार्यक्रम ‘इन्द्रेणी’बाट चर्चा कमाएका कृष्ण कँडेलको इज्जत यतिबेला दाउमा छ । लोक भाका, बाजा र परम्परा जोगाउन भन्दै अभियानकै रुपमा मनोरन्जनात्मक कार्यक्रम ‘इन्द्रेणी’सञ्चालन गरिरहेका कँडेललाई जतिजति परोपकारको भूत चढ्दै गयो, त्यति नै उनी उन्मत्त हुँदै गएको रहस्य बाहिरिएको छ ।

उक्त रहस्यको पर्दा उठेपछि कँडेलको सामाजिक सञ्जालबाट चुलिएको इज्जत सामाजिक सञ्जाल मै उछालिएको छ । कँडेलमाथि गायिका शर्मिला श्रेष्ठले लगाएको आरोपको भिडियो भाइरल बनेको छ । भिडियोमा शर्मिलाले लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको रहस्य खोलेकी छन् ।

उनले बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित देखिएको भिडियोमा इन्द्रेणी कार्यक्रमका दौरान आफूमाथि मानसिक हिंसा भएको खुलासा गरेकी हुन् । कँडेल घरमै लिन गएका कारण इन्द्रेणीमा आवद्ध भएको बताएकी शर्मिलाले मानसिक टर्चरको कारण आफ्नो स्वर सुकेको बताएकी छन् ।

सुरुमा स्वर राम्रो भनेर कार्यक्रम चलाउन लगाएको, नाच्न गाउन लगाएको र पछि पक्षपात गरेर हेपाई सहनु परेको उनले बताएकी छन् । गीत गाउने मान्छेलाई नाच्न लगाइएको र स्टेज कार्यक्रममा पनि पक्षपात गरेर आफूलाई कतै पनि नलगेको उनको आरोप छ । ४(५ लाखको स्टेज कार्यक्रम आफैले डिल गर्दा पनि आफुलाई बाइपास गरेको शर्मिलाले गुनासो गरेकी छन् । उनले भनेकी छन्, ‘आयोजकले किन नआएको रु, किन ठूलो पल्टिएको रु थर्काउँछन् । तर, मेरो पीडा अर्कै छ, यताबाट मलाई कार्यक्रममा लाँदैनन् ।’ शर्मिलाले पारिश्रमिक समेत नदिएको र मानसिक टर्चर दिएको कुरा पनि खोलेकी छन् । उनको यो भिडियोपछि इन्द्रेणीका अभियन्ता एवं सञ्चालक कृष्ण कँडेलले आरोपको खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले कसैको श्रम, सम्मानमा चोट पुग्ने तथा शोषण गर्ने कार्य नगरेको प्रष्टीकरण दिएका छन् ।

उनले भनेका छन्, ‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दागर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिङ्गो संस्थालाई नै धराशायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरवार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुखित छु । झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु । साथै, कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरेर समेत आफुमाथि लागेको आरोपको खण्डन गरेका छन्, भने आफुले त्यस्तो अनैतिक हर्कत नगरेको भन्दै बचाउ गरेका छन् ।

‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले लोक दोहोरी गायिका शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर पनि गरिसकेका छन् । ‘इन्द्रेणी’बाट निकालिएको भनी आरोप लगाउने शर्मिला सहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबारनै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराइसकेका हुन् ।गायिका श्रेष्ठको गम्भीर आरोपलाई कँडेलले मैदानमा उत्रिएर सामाना गरिरहेका छन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...