View Point Long Banner Ad

“AMIN राष्ट्रिय म्युजिक अवार्ड-२०८१” तेस्रो संस्करणको फारम खुल्ला

काठमाडौं । नेपाल संगीत उधोग संघको आयोजनामा तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड–२०८१” को फारम खुल्ला गरिएको छ । नेपाल संगीत उघोग संघको आयोजनामा हुने लागेको ‘अथक शान्त साधक विश्वनाथ केडिया’ तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड–२०८१” को फाराम श्रीपँञ्चमी देखि खुल्ला भएको जानकारी नेपाल संगीत उघोग संघका अध्यक्ष सुर्य बहादुर मगरले बताए ।

आधुनिक गित, लोक गित, पप गितलगायत ५१ बिधा, भाषा भाषीका गितहरु ११ र अन्य बिधा १२ गरी कूल ७४ विधामा फाराम खुल्ला गरिएको संघका अध्यक्ष मगरले जानकारी दिए ।

सष्ट्रा सर्जक, प्रस्तोता, निर्मातालगायत अन्य बिधामा मुल आयोजक समितिको निर्णयबाट सम्मान गरिनुका साथै कलाकार तथा सर्जकहरुले अनलाईन फाराम पनि भर्न सकिने साथै संघको कार्यलय अनामनगरमा उपस्थित भएरपनि फाराम भर्न सकिने व्यवस्था रहेको (AMIN) अवार्डकी कार्यक्रम संयोजक जानकी थापा मगरले बताईन् ।

कार्यक्रमको समापन एक भव्य समारोहकोबीच सम्पन्न हुने कार्यक्रम संयोजक मगरले जाकारी दिईन् । उक्त कार्यक्रममा स्रष्ट्रा सम्मान, लगायत सम्मान तथा पुरस्कार समेत प्रदान गरिने संघका महासचिव जित बहादुर रावतले बताए ।

नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्वर्द्धन, प्रबर्द्धनका साथै समग्र संगीत उद्योगी तथा व्यवसायीहरुको हक हित र अधिकारको निम्ति रहेको एकमात्र छाता संगठन नेपाल सङ्गीत उद्योग संघ जो नीजि क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य रही नेपाली गीत संगीतको क्षेत्रमा लामो समयको इतिहास बोकेको यस संस्थाले आफ्नो स्थापना कालदेखीनै नेपाली मौलिक गीत संगीत क्षेत्रको विकासको निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरु गर्दै आएको संघका महासचिव रावतले स्मरण गराए ।

नेपाली संगीत उद्योगमा समर्पीत श्रष्टा, सर्जक, कलाकार, प्रस्तोता, उत्पादक र उद्योगी व्यवसायीहरुले यस क्षेत्रमा पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै वहाँहरुलाई सम्मान गर्नु आजको आवश्यकता महशुस गरी नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अथक शान्त साधक विश्वनाथ केडिया तेश्रो संष्करण (AMIN) राष्ट्रिय म्यूजिक अवार्ड खुल्ला गरिएको संघका महासचिव रावतले बताए ।

सम्पुर्ण श्रष्टा, सर्जक, प्रस्तोता, उत्पादक, प्रकाशक र समग्र संगीत व्यवसायीमा सहभागीताको लागि अपिल समेत संघका महासचिव रावतले गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...