केन्द्रीय समिति बैठकमा सहभागी भइन् आरजु
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आरजु सहभागी भएकी हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आरजु आफ्नै निवास बुढानीलकण्ठमा कुटिएकी थिइन् । त्यतिबेला उनलाई आन्दोलनकारीले कुटपिटसहित दुर्व्यवहार गरेका थिए । सोही उनी सभापति शेरबहादुर देउवा पनि कुटिएका थिए । लामो समय उपचारपछि उनीहरू एक महिनापछि पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
वि.सं.२०८२ असोज २८ मंगलवार १४:२८
















