View Point Long Banner Ad

आसन्न निर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूले छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा केन्द्रित रहेर छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार आयोगले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीले निर्वाचनका विषयमा दलहरूसँग पनि छलफल गर्ने तयारी भएको बताएका छन्।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन भई प्रतिनिधिसभा विघटन भएको थियो र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ।

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...