View Point Long Banner Ad

सिरहा । गत दुई दिनको अविरल वर्षाका कारण सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीमा आएको बाढीले तटबन्ध जीर्ण बनाएको छ । केही वर्षयता बाढी र कटानको समस्या तीव्र बन्दै गएपछि गाउँको सुरक्षाका लागि करोडौँ खर्चेर निर्माण गरिएको तटबन्ध फेरि भत्किन थालेपछि स्थानीय बासिन्दा पुनः चिन्तित बनेका छन् । लहान नगरपालिका–२३ तिलबोनामा नदी कटान रोक्न दुई वर्षअघि नगरपालिकाले रु ५० लाख, मधेस प्रदेश सरकारले रु ९५ लाख र गत वर्ष मात्रै सङ्घीय सरकारको खाडो नदी व्यवस्थापन आयोजना कार्यालय राजविराजले रु एक करोड रूपैयाँ लगानीमा तटबन्ध निर्माण गरेका थिए । तर हालको बाढीले ती तटबन्धहरूलाई कमजोर बनाएको छ । स्थानीयका अनुसार प्रदेश सरकारको बजेटबाट बनेको तटबन्ध आधा भाग बगिसकेको छभने सङ्घीय बजेटबाट बनेको तटबन्धमा चिरा परेका छन् र केही भाग भत्किन थालेका छन् ।

आज लहान नगर प्रमुख महेशप्रसाद चौधरीले स्थलगत निरीक्षण गरी सम्बन्धित निकाय र निर्माण कम्पनीसँग तत्काल मर्मत कार्य गर्न समन्वय गर्ने बताए । उनका अनुसार तत्काल जेसिभी पठाएर तटबन्ध वरिपरि माटो मिलाउने काम सुरु गरिनेछ । नगरप्रमुख चौधरीले भने, ‘स्थानीयको सुरक्षाका लागि हामी गम्भीर छौँ । म आफैँ स्थलगत निरीक्षणमा गएँ र सम्बन्धित ठेकेदार तथा निकायलाई तत्काल मर्मत र पुनर्निर्माण कार्य अगाडि बढाउन निर्देशन दिनेछु । नगरपालिकाले पनि सक्दो सहयोग गर्नेछ ।’ दशकौँपछि बनेको स्थायी तटबन्ध बाढीले जीर्ण बनाई दिएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । स्थानीय गङ्गाप्रसाद यादव भन्छन्, ‘यस गाउँको ५५ बिघा जमिनको लालपुर्जा घरमा छ तर जमिन खोलामा बगिसक्यो । यो तटबन्धले हाम्रो जमिन बचाउने आशा थियो, तर फेरि भत्किएपछि अब के होला भन्ने डर छ ।’

उनका अनुसार पछिल्ला दुई दशकमा लहान नगरपालिका–२३, सखुवा नन्कारकटी गाउँपालिका–४ र ५ तथा भगवानपुर गाउँपालिका–१ र २ मा कटानले झन्डै एक हजार बिघा उर्वर जमिन बगाएको छ ।

यसले किसानलाई आर्थिक रूपमा ठूलो मारमा पारेको छ । कोही सुकुम्वासी बनेका छन् भने कोही सामान्य श्रमिक जीवनयापन गर्न बाध्य छन् । तटबन्ध जीर्ण बनेसँगै सामान्य बाढीले नदी कटान गर्ने जोखिम बढेर गएको छ । स्थानीयवासीले तटबन्धलाई दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...