View Point Long Banner Ad

प्रचण्डप्रति संकेत गर्दै ओलीले भने ः ऐनामा आफ्नो अनुहार हेरेर गाली गर्ने गरेका छन्, त्यसो नगरे हुन्थ्यो

 

 

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति परोक्ष संकेत गर्दै ऐनामा आफ्नो अनुहार हेरेर अरूलाई गाली गर्ने गरेको टिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

 

संसद्‍मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासको जवाफ दिंदै उनले भने, ‘विपक्षी दलका माननीयज्यूहरूले अलि टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोल्नु भएको थियो । म त्यता पट्टि जान चाहन्न । ऐना अगाडि राख्ने ऐनामा हेर्ने अनि यस्तो रहिछस् उस्तो रहिछस् भनेर अरूलाई गाली गर्ने । मैले त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ । आफैं ऐना हेर्ने आफैं आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो ।’

प्रधानमन्त्री ओलीले संसदको बहसलाई सामाजिक सञ्जालको तहको टिप्पणीमा ओराल्न नहुने बताए ।

 

उनले अगाडि भने, ‘गरिमामय संसद्‍मा जनताको आशा(भरोसा छ । तदनुअनुसार जनताको आशा(भरोसा प्रतिनिधित्व दिने गरी हाम्रो प्रस्तुतिहरू हुनुपर्छ भन्ने ठान्छु । कुण्ठा पोख्ने, आक्रोश पोख्ने थलोको रूपमा संसद्लाई बनाउनु उपयुक्त हुँदैन ।’

अधिनायकवादी एवं निरंकुश प्रणाली हुँदा संविधान कानुनको दुहाइ दिएर माइक फुट्ने गरी कराउने साथीहरू आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्टाउने शंकघोष गरेर देशलाई प्रतिगामी तिर लैजाने प्रयत्न देखेर आफूलाई अचम्म लागेको उनको भनाइ छ ।

उनले अगाडि भने, ‘जेठ १५ गते, यस पल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस् यो सपना पूरा हुँदैन । यसमा जोड नगर्न आग्रह गर्दछु ।’

समयलाई चिनेर अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बंगलादेश बनाउँछु भन्नु हुन्छ । बंगलादेश बनाए पनि त त्यहाँ राजा फर्काएन त । त्यहाँ उहिले त राजा थियो नि । श्रीलंकामा पनि राजा फर्काएको होइन ।’

प्रधानमन्त्री ओलीले देश संविधान र कानुन अनुसार चल्ने भन्दै सबैले संविधान र कानुन अनुसार चल्न तयार हुनुपर्ने बताए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...