View Point Long Banner Ad

राजतन्त्रबारे रास्वपा नेतृत्वको धारणा खोज्दै नेता–कार्यकर्ता

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतारकार्यकर्ताहरूले राजतन्त्रलाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण खोज्न थालेका छन् ।

पछिल्लो समय राजावादीहरूले आफ्ना गतिविधि अगाडि बढाइरहेको समयमा पनि रास्वपा नेताहरूले गोलमटोल जवाफ दिइरहेको भन्दै नेतारकार्यकर्ताले नेताबाट वैचारिक प्रष्टतासहित धारणा सार्वजनिक गर्नुपर्ने बताउन थालेका हुन् ।

 

राजतन्त्रको पक्ष(विपक्षमा आन्दोलन चलिरहेका बेला मुलुकको एउटा प्रमुख राजनीतिक शक्तिले प्रष्ट मत राख्न नसक्दा जनतामा भ्रम पैदा भएको नेता(कार्यकर्ताको दुःखेसो छ ।

‘हामीले आन्तरिक रूपमा नेतृत्वलाई भनिरहेका छौं । हाम्रै कतिपय नेतारकार्यकर्ता राजतन्त्रको पक्षमा खुलिरहेका छन् । कतिपय नेतारकार्यकर्ता गणतन्त्रप्रति प्रतिबद्ध छौं भनिरहेका छन्’ रास्वपाका एक नेताले भने, ‘कि त राजतन्त्रको वकालत गर्नेलाई कारबाही गर्नुपर्‍यो । होइन भने हामीलाई अप्ठ्यारो भयो ।’

 

ती नेताका अनुसार जिल्ला अध्यक्ष, प्रदेश अध्यक्षहरूले नै सामाजिक सञ्जालमार्फत राजतन्त्रको पक्षमा आफ्ना धारणा राखिरहेका छन् । तर, पार्टीले त्यस्ता व्यक्तिउपर कुनै एक्सन लिएको छैन ।

रास्वपाको लुम्बिनी प्रदेश सभापतिले गरे राजसंस्थाको वकालत

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले खुलेरै राजसंस्थाको वकालत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले राजतन्त्रको विरासत छोरा वा छोरी जो भए पनि राजा वीरेन्द्रको वंशभित्र रहनुपर्ने तर्क गरेपछि रास्वपाभित्र तरंग पैदा भएको छ ।

हालै रास्वपाका उपसभापति डोलप्रसाद ९डीपी० अर्याललाई भेटेका एक नेता भन्छन्, ‘कि लुम्बिनी प्रदेश सभापति देवराज पाठकको अभिव्यक्ति ठीक हो कि गलत भन्नु पर्‍यो । नेतृत्व मौन बस्दा हामी कार्यकर्तालाई अप्ठ्यारो भयो ।’

उनका अनुसार उपसभापति अर्यालले यस विषयमा पार्टीभित्र छलफल गरिने आश्वासन दिएका छन् ।

१३ चैत २०८१ मा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गणतन्त्रबारे रास्वपाको नीति के हो भनेर सोधेका थिए ।
रास्वपाको मूल नेतृत्वले गणतन्त्र र राजतन्त्र बारे दोहोरो मापदण्डको नीति अवलम्बन गरेको आरोप पार्टीका नेतारकार्यकर्ताले नै लगाउन थालेका हुन् ।

‘पार्टीको स्पष्ट लाइन लोकतान्त्रिक गणतन्त्र’

तर, रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी भने शासन व्यवस्थाको सम्बन्धमा आफूहरूमा कुनै अलमल नरहेको बताउँछन्, ‘कही अलमल छैन । पार्टीको स्पष्ट लाइन लोकतान्त्रिक गणतन्त्र हो । यसमा कतै अलमल छैन,’ उनले भने ।

लुम्बिनी सभापति पाठकको स्ट्याटसको सन्दर्भमा भने उनी थप बोल्न मानेनन् । पाठकको स्टाटस आफूले नरहेको बताउँदै बुर्लाकोटीले भने, ‘हेरेपछि मात्र प्रतिक्रिया दिन सक्छु ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र नेतृ सोबिता गौतमले पनि गणतन्त्रको पक्षमा पार्टी प्रष्ट रहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका भेटिन्छन् ।

रास्वपाकी सांसद समेत रहेकी गौतम भन्छिन्, ‘रास्वपा गणतन्त्रप्रति प्रष्ट छ । कसैले शंका नगरे हुन्छ ।’

रास्वपाको नीतिबारे विपक्षी दललाई चासो

तथापि, रास्वपाको नीतिबारे विपक्षी दलहरूको बैठकमा समेत कुरा उठ्ने गरेको छ । त्यस्ता फोरममा रास्वपाका नेताहरूले जनकपुरको जलेश्वर बैठकबाटै पार्टीले आफ्नो नीति प्रष्ट गरिसकेको बताउने गरेका छन् ।

१३ चैत २०८१ मा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गणतन्त्रबारे रास्वपाको नीति के हो भनेर सोधेका थिए ।

उक्त बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

जवाफमा रास्वपाका नेताहरूले आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका थिए ।

उक्त बैठकमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी थिए ।

रास्वपा जलेश्वर बैठकबाट शासन व्यवस्थाबारे धारणा सार्वजनिक गरेको भन्दै वाग्लेले ‘आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको र यसमा कसैले शंका गर्नुपर्ने कारण नरहेको’ बताएका थिए ।

त्यसदिन अर्का उपसभापति अर्यालले पनि गणतन्त्रको विकल्प नरहेको बताएका थिए । शासन सञ्चालनमा रहेका पात्रका सम्बन्धमा प्रश्न गर्नु व्यवस्थाको विरोध गर्नु नरहेको भन्दै अर्यालले आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध र प्रष्ट रहेको बताएका थिए । तर, रास्वपाले यही सन्देश कार्यकर्तासम्म प्रवाह गरेको छैन ।

‘प्रचण्ड भेट्दा गणतन्त्रप्रति प्रतिबद्ध भन्ने, प्रदेश सभापतिले राजतन्त्रको वकालत गर्दा मौन बस्ने । यस्तो ‘डबल स्टान्डर्ड’ नीतिले हामीलाई गाह्रो भयो’ रास्वपाको एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग गुनासो गरे ।

उनका अनुसार पार्टीले आफ्नो वैचारिक प्रष्टता गरिदिए पार्टीमा निरन्तर रहने वा नरहने भन्ने निर्णय लिन सहज हुनेछ । वैकल्पिक राजनीतिमा जोडिऔं भनेर रास्वपामा जोडिनेहरू वैचारिक अस्पष्टताले अलमलमा रहेका छन् ।

अनौपचारिक संवादमा रास्वपाका मूल नेतृत्वले राजतन्त्र या गणतन्त्रबारे प्रष्ट भन्ने नीति नरहेको बताउने गरेका छन् ।

‘शासन व्यवस्था आफैंमा राम्रो या नराम्रो भन्ने हुँदैन, राजनीतिक पात्रको प्रवृत्तिलाई व्यवस्थासँग जोडेर हेर्न हुँदैन, रास्वपा आफैंमा स्थापित हुँदै गएको पार्टी हो’ एक शीर्ष नेताको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘यसको आफ्नै विचार र सिद्धान्त बन्दैछ । यसकारण स्थापित व्यवस्थाका सम्बन्धी कतिपय कुरामा रास्वपाबारे जनता गुमराहमा रहेकै राम्रो ।’

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...