View Point Long Banner Ad

स्थानीय तहमा उत्पन्न विवाद समाधान सिक्दै इयूको अदालतमा उपप्रमुख डंगोल

 

 

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत ९कोर्ट अफ जस्टिस अफ द यूरोपियन युनियन० मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदनप्रदान गरेकी छिन् ।

युरोपको औपचारिक भ्रमणमा रहेकी डंगोलले त्यहाँ काठमाडौं महानगरपालिकाले स्थानीयस्तरमा उत्पन्न हुने विवाद समाधानमा कसरी छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अबलम्वनको अभ्यास गरिरहेको छ भनेर अनुभव सुनाएको जानकारी दिइन् ।

 

‘सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित, स्वच्छता, निष्पक्षता, समानता र समन्याय सहितको न्यायिक पद्धतिलाई हामीले कसरी आत्मसात गरिहेका छौँ भनेर मैले त्यहाँ हाम्रो अनुभव बताउने अवसर प्राप्त गरेँ,’ डंगोलले भनिन्, ‘त्यहाँको अदालतले कसरी काम गरिरहेको छ रु उनीहरूले कुनैपनि मुद्दाको समाधान कसरी गरिरहेका छन् । कति समयावधिमा गर्छन भन्ने सबै प्रक्रिया बारेमा पनि छलफल गर्ने अवसर प्राप्त भयो ।’

युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको थियो । त्यहि सिलसिलामा उनले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत ९कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन० पुगी त्यहाँ पनि अनुभव आदनप्रदान गरेका हुन् ।

 

उनले इयूको अदालतमा दर्तादेखि निर्णय प्रक्रियासम्म कसरी हुन्छ भन्ने कुराको अध्ययन गर्ने अवसर समेत प्राप्त गरेको जानकारी दिनुभयो । ‘त्यहाँको बहसमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर पनि प्राप्त भयो,’ उनले भनिन् ‘युरोपियन युनियनको न्याय प्रणाली अदालतमा कसरी हुन्छ भन्ने कुराको अनुभव लिएँ ।’

इयूमा उनले लैङ्गिकताका आधारमा हुने हिंसा अन्त्यका लागि वडा–वडामा महिला सञ्जाल गठन गरेको, दुबैको जितजित दुबैको हितहित हुने गरी ३२ वटै वडामा मेलमिलाप केन्द्र गठन गरेको जस्ता जानकारी पनि त्यहाँ गराएको बताएकी थिइन् । ‘पछिल्लो समय निशुल्क कानुनी परामर्श लिन थालेका छौँ । त्यसले धेरैलाई सहज भएको छ भनेर मैले उनीहरूलाई जानकारी गराएँ,’ उनले भनिन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...