View Point Long Banner Ad

देशमा रावणहरूको शासन छ ः लोहनी

 

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् ।

काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्

 

‘नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ,’ लोहनीले भने, ‘रावण भनेको अहंकार हो, अरुको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेपछि जे पनि ठिक हुन्छ भन्ने हो । त्यो रावण प्रवृत्ति हो ।’

जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हावि हुँदै गएको बताउँदै यसको विरुद्धमा संघर्ष गर्ने मूल चुनौती रहेको बताए ।

 

‘त्यो प्रवृत्ति जनताको मत लिएका राजनीतिज्ञ छन्, जनताले पठाएकाहरूको प्रवृत्ति रावण प्रवृत्ति भएर गएको छ । यो ढुकुटी भनेको मैले जे पनि गरेको छ,’ उनले भने, ‘यसको विरुद्धमा संघर्ष गर्न आजको मूल चुनौती हो । ठूला पार्टीहरू गर्ने छैनन् । उनीहरू त्यही प्रवृत्तिबाट फाइदा लिइरहेका छन् ।’

यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा, छविमा, सम्मानमा धुमिल बनाएको उनको आरोप थियो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...