View Point Long Banner Ad

काठमाडौं प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न दिएन, अब बल्खुमा हुनेछ सभा

२५ चैत, काठमाडौं । राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने अनलाइनखबरलाई बताए ।

 

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत् राप्रपालाई दिएको थियो । त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए ।

 

सरकारले सर्वसत्तावादी चरित्र देखायो ः प्रवक्ता श्रेष्ठ

राप्रपा प्रवक्ता श्रेष्ठले प्रदर्शन र सभा शान्तिपूर्ण हुने भए पनि प्रशासनले भृकुटीमण्डपमा सभा गर्न नदिएर सर्वसत्तावादी चरित्र देखाएको टिप्पणी गरे । ‘राप्रपा शान्तिपूर्ण र अहिंसात्मक प्रदर्शनको पक्षमा छ ।

शान्तिपूर्ण माध्यमबाट जनताको मन जितेर परिवर्तन सम्भव छ भन्ने मान्यतामा विश्वास राख्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर सरकारले भृकुटीमण्डपमा आम सभा गर्ने अनुमति नदिएर सर्वसत्तावादी चरित्र देखाएको छ ।’

राप्रपा एक कदम पछि हटेर दुई कदम अघि बढ्ने संघर्षको रणनीति अनुसार अघि बढेको पनि उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले राप्रपालाई पठाएको पत्र
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

राप्रपाका प्रवक्ता श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको निर्णय र मंगलबार गर्ने सभाको तयारी समेतका विषयमा छलफल गर्न आज अपराह्न चार बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठकले प्रदर्शन तथा सभालाई भव्य, सभ्य र शान्तिपूर्ण बनाउने विषयमा विभिन्न निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । सभा सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस बल्खुमा पुगेर सभामा परिणत हुने प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।

लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ ।

राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...