View Point Long Banner Ad

कुलमानलाई प्रमिथस बनाइएको भन्दै ओलीले भने– यति गज्जबको त उपन्यास पनि हुँदैन

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेको उपन्यास ‘प्रमिथस’ जस्तो बनाएर व्याख्या गरिरहेको टिप्पणी गरेका छन् ।

देवकोटाको उपन्यासको सारांश सुनाउँदै एमाले अध्यक्ष समेत रहेका ओलीले स्वर्गबाट आगो लिएर पृथ्वीमा दिएबापत दण्ड गरिएको बताए ।

 

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘यहाँ केही मान्छेहरूले प्रमिथस बनाएर एउटा कर्मचारीको व्याख्या गरेर कुदिरहेका छन् ।’

एउटा कर्मचारी हटाएको सामान्य विषयलाई ठूलो इस्यू बनाइएकोप्रति आपत्ति जनाउँदै ओलीले भनेका छन्, ‘अघिल्लो चार वर्ष पनि उहाँले त्यहीँ काम गर्नुभएको थियो । पछिल्लोपटक नियुक्त गरेको भोलिपल्ट उहाँले लाइटर बालेजस्तो झिलिक्क पारेर नेपाल झलल्ल पार्नुभयो ।’

 

विपक्षीहरूले देशलाई कानुनविहीनताको अवस्था सिर्जना गर्द अहिले संसद् अवरोध गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कुलमानबारे प्रमिथसको प्रसंग झिक्दै ओलीले के भने रु

के भयो अरे १ कर्मचारी सरुवा भयो कि, हटाइयो कि, निकालियको कि । फेरि कस्ता मान्छेले भन्दा त्यहीँबाट हुर्किएर आएका मान्छेले अहिले न्यायको कुरा गर्नु, संसद् चल्न नदिनु । यो अध्यादेश १८ गतेभित्र राष्ट्रपतिबाट पास भएन भने कानुनविहीनतामा देश पस्छ ।

अदालतलाई दबाब दिनका लागि एउटा कर्मचारी हटाएकोमा के के अन्याय भयो भने, नन इस्यूलाई इस्यू बनाएर, गाली गर्न पर्नेलाई झुटो गाली, प्रशंसा गर्नुपर्नेलाई झुटो प्रशंसा ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने उपन्यास लेख्नुभएको छ । त्यो उपन्यास ग्रिक मिथमा आधारित छ । ग्रिक कथामा एउटा स्वर्गका देवतामध्ये एकजना प्रमिथस हुन्छन् । त्यसबेलासम्म आगो स्वर्गमा मात्रै हुन्छ । मान्छेहरू अन्धकारमा हुन्छन् । चिसोमा हुन्छन् । त्यसकारण त्यो अन्धकार हटाउनका लागि प्रमिथसले स्वर्गबाट आगो लिएर पृथ्वीमा आउँछन् । मान्छेलाई सुटुक्क आगो दिन्छन् र फर्केर जान्छन् ।

खोजी खोजी स्वर्गमा दण्ड दिइन्छ । मान्छेलाई आगो दिएबापत दण्ड दिइन्छ । प्रमिथसले आगो दिएर मान्छेलाई न्यानो र उज्यालो दिए । यहाँ केही मान्छेहरूले प्रमिथस बनाएर एउटा कर्मचारीको व्याख्या गरेर कुदिरहेका छन् ।

अघिल्लो चार वर्ष पनि उहाँले त्यहीँ काम गर्नुभएको थियो । पछिल्लोपटक नियुक्त गरेको भोलिपल्ट उहाँले लाइटर बालेजस्तो झिलिक्क पारेर नेपाल झलल्ल पार्नुभयो ? के गफ हुन् ? यति गज्जबको त उपन्यास पनि हुँदैन । अनि संसद् अवरोध , कानुन बन्न नदिने ? जानी जानी देशलाई भ्याकुममा राख्ने ?


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...