View Point Long Banner Ad

राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे ः मोहन वैद्य

१३ चैत, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको बताएका छन् ।

उनले वक्तव्य जारी गर्दै आफूलाई राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी गरेको बताउँदै त्यसको कडा शब्दमा खण्डन गरेका हुन् ।

 

राजवादीहरूले केही निकट मिडियाका साथै सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएका थिए ।

यसै विषयमा वक्तव्य जारी गर्दै महासचिव किरणले राजावादीहरुले जीवनभर गर्दै आएको संघर्षप्रतिको आक्रमण भएको बताएका हुन् । ‘यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवादप्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो’, उनले उल्लेख गरेका छन् ।

 

उनले यस्ता बेइमानी कदमलाई खारेज गरेको बताउँदै यी भ्रमलाई विश्वास नगर्न आग्रह गरेका छन् ।

राजावादीहरुले किरणले पाँच वर्षअघि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्गमा बोलेको विषयलाई लिएर गलत प्रचार गरिरहेका थिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...