View Point Long Banner Ad

विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियान सफल हुन नदिन लागिपरे ः प्रधानमन्त्री

१२ चैत, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् ।

मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् ।

 

विरोधीहरू लाग्छन् यद्यपि वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन, त्यस्तो भइरहेको देखिंदैन ।

‘कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ उनले भने ।

 

विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ उनले भने ।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । ‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु,’ उनले भने ।

आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने प्रधानमन्त्री ओलीले जिकिर गरे ।

‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको गर्‍यौ’ उनले भने, ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’ नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...