View Point Long Banner Ad

गृहमन्त्रीका दुई प्रस्ताव विवाहको उमेर घटाउने कि रोमियो जूलियट मोडलमा जाने

१० चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

 

उनले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको पनि बताए ।

‘विवाहको उमेरको विषयमा अत्यन्तै गम्भीर तरिकाले सोच्न आवश्यक छ । हामीले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्नेबारे सोच्नुपर्छ,’ गृहमन्त्री लेखकले भने, ‘संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्‌मा विचाराधीन छ । संशोधन विधेयक तयार छ । त्यस विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामी छलफल गरिरहेका छौं ।’

 

जसका लागि दुईवटा उपायहरू रहेको गृहमन्त्री लेखकले बताए ।

एउटा, विवाहको उमेर घटाउने ।

दोस्रो, रोमियो जूलियट मोडलमा जाने ।

‘यसमा दुईवटा उपाय छन् । एउटा, विवाहको उमेर घटाएर १८ मा लैजाऔं भन्ने छ । अन्तर्राष्ट्रिय अभ्यास चाहिँ रोमियो जूलियट ल प्रयोग गर्ने कि भन्ने छ,’ गृहमन्त्री लेखकले भने ।

रोमियो जुलियट मोडलबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले भने, ‘रोमियो जुलियट लले के भन्छ भने, १८ वर्ष विवाहको उमेर तोक्यो मानौं । १६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन भन्ने कन्सेप्ट छन् ।’

त्यसका लागि केही अन्तर्राष्ट्रिय शर्त रहेको भन्दै त्यसमा पनि सजक हुनुपर्ने उनले बताए ।

‘त्यसका केही शर्त छन् । अन्तर्राष्ट्रिय कन्सेप्टमा पनि मानौं,’ उनले भने ।

अहिले तत्काललाई उमेर घटाएर अघि बढ्ना पनि विषयवस्तुको समाधान हुनसक्ने गृहमन्त्री लेखकको भनाइ छ ।

यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...