View Point Long Banner Ad

आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

 

 

७ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा बसेको पदाधिकारी बैठकले ओलीलाई राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त आग्रह गरेको हो ।

 

प्रधानमन्त्रीसहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भएकोले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आजपाको निष्कर्ष छ ।

बैठक पश्चात आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैं जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकोले गर्दा हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहर सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ ।’

 

वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै आजपाले अन्तरिम सरकार गठनको माग गरेको हो ।

बैठकले पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटीहरुको गठन, पुनर्गठन, बैठक एवं भेलाहरुलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...