View Point Long Banner Ad

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत, स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्ने

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ ।

निर्वाचन समितिका पदाधिकारी र नेविसंघ प्रतिनिधिबीचको छलफलमा भएको सहमतिसँगै नेविसंघले ताला खोलिदिएको छ ।

 

स्ववियु निर्वाचनका लागि नेविसंघका दिपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको थियो । तालाबन्दीका कारण चैत ५ गते विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।

निर्वाचन गराउने सन्दर्भमा आज निर्वाचन समितिका पदाधिकारीहरुले नेविसंघका नेता विष्णु बडैला, डण्डीराज जोशी, अशोक सिंह विष्ट लगायतसँग गरेको छलफलमा ताला खोल्ने सहमति भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

नेविसंघका नेता श्यामराज ओझाले पनि आफूहरु ताला खोल्न सहमत भएको बताए ।

विश्वविद्यालय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन गराउने मिति तोकिएको छ ।

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...