View Point Long Banner Ad

राजावादीलाई प्रचण्डले भनेइँटको जवाफ पत्थरले दिन्छौं

 

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

 

‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । तर, दुस्साहस चैं भएको छ,’ उनले भने, ‘इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ । समाजवादीहरू तयार छन् ।’

उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरुको भरमा नउचालिन उनले चेतावनी दिए ।

 

‘तिम्रा आसेपासेले तिमीलाई उचालेका छन् । विदेशीको एक दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको होे भने होसियार, तिम्रो दिवास्वप्न पूरा हुँदैन,’ उनले भने, किनभने मूर्ति चोर को हुन् रु नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा रु भाइमारा को हो रु आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ रु सुन तस्कर को हो रु नेपाली जनताले बिर्सियो भन्ने ठानेको रु’

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको स्मरण गर्दै भने, ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ ।’

‘जुन नौटंकी देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍याए रु,’ प्रचण्डले भने, ‘आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने म आफूलाई रहेको पनि उल्लेख गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...