View Point Long Banner Ad

चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत खतम हुन्छ ः शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु । महाधिवेशन समयमै गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

उनले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत समेत गरे । उनले भने, ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु।’ अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उनले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

कोइरालाले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन।’ अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उनले तर त्यो कार्यान्वयन नभएको उनले बताए ।

उनले पछिल्लो समय दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने प्रसङ्गप्रति सहमति समेत जनाए। ‘हो, हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...