View Point Long Banner Ad

समाजवादी कम्युनिष्ट पार्टीले मनायो जनयुद्ध दिवस

१ फागुन, काठमाडौं । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौं तथा देशका विभिन्न भागमा विभिन्न कार्यक्रम गरेर ३०औँ जनयुद्ध दिवस मनाएको छ ।

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा पार्टी महासचिव पूर्णबहादुर सिंह समरजङ्ग को प्रमुख आतिथ्यमा जनयुद्ध दिवस मनाइएको केन्द्रीय सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख अशोक सुवेदीले जानकारी दिए ।

 

सुवेदीले देशैभरि पार्टी स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय साङ्गठनिक परिषद् सदस्यको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको बताए ।

समाजवादी कम्युनिष्ट पार्टीले आगामी १४ देखि २१ फागुनसम्म सहिद सप्ताहका अवसरमा देशैभर जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्षरविद्रोहमा बलिदान गर्ने सहिदका परिवारका सदस्यलाई सम्मान कार्यक्रम राखेको पनि उनले जानकारी दिए ।

 

पार्टीले जनयुद्धका ऐतिहासिक उपलब्धिहरूको रक्षा एवम् विकास तथा वैज्ञानिक समाजवादमा मात्र न्याय, मुक्ति, समानता, समृद्धि र शान्ति सम्भव रहेको जनाएको छ ।

 

अशोक सुवेदी पूर्णबहादुर सिंह समरजङ्ग समाजवादी कम्युनिस्ट पार्टी नेपाल

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...