View Point Long Banner Ad

ओली र देउवाको सन्देश लिएर पार्टी बैठकमा उपेन्द्र

२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन् । जसपा नेपालको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी छ ।

संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सन्देश लिएर जसपा नेपालका अध्यक्ष यादव पार्टी बैठकमा गएका छन् । शीर्ष नेताहरूको आग्रह समेतका आधारमा संसदीय दलमा छलफल हुने र उपयुक्त निर्णय लिने तयारी रहेको जसपा नेपालका नेताहरू बताउँछन् ।

जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न कार्यदल नै बनाएको थियो । उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारेको छ । जसलाई संसदीय दलको बैठकमा प्रस्तुत गरेर त्यसउपर छलफल गरिनेछ ।

राजकिशोर यादव नेतृत्वको कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको थियो । त्यसआधारमा कार्यदलले प्रतिवेदन तयार पारेको हो ।

बुधबार विज्ञसँगको छलफल सकिएपछि राजकिशोर यादवले आफूहरूको धारणा अध्यादेश अनुसार फरक फरक हुन सक्ने बताएका थिए ।

‘अध्यादेशहरूलाई हामीले सोलोडोलो हेरेका छैनौं । ब्ल्याक एण्ड ह्वाइटमा हेरेका छैनौं,’ उनले भनेका छन् । अध्यादेशको विषयका आधारमा धारणा बन्न सक्ने उल्लेख गर्दै उनले यो विषयमा संसदीय दलले निर्णय गर्ने बताएका हुन् ।

‘अध्ययनको आधारमा स्पेसिफिक अध्यादेशमा हाम्रो फरक–फरक धारणा हुन सक्छ । एउटामा हामी सकारात्मक हुन सक्छौं । अर्कोमा जो गम्भीर प्रकारका असहमतिहरू छ भने त्यसलाई त्यही ढंगले हेर्छौं । तर, त्यो निर्णय संसदीय दलको बैठकबाटै हुनेछ,’ यादवले भनेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...