View Point Long Banner Ad

काठमाडौँलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछ ः वनमन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिएका छन् । न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरूले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरूका सुझाव, गुनासो तथा नवीनतम आविष्कारलाई सम्बोधन गर्ने गरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताएका हुन् ।

उनले यथार्थमा हरित सहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताए । उनले ४० माइक्रोन भन्दा कमको प्लास्टिकलाई प्रतिबन्ध लगाइएकाले अहिले सिंहदरबार प्लास्टिक मुक्त बनेको बताए ।

उनले बिस्तारै काठमाडौँलाई नै प्लास्टिकमुक्त राखिने बताए । उनले वन डढेलो नियन्त्रण, खडेरीमा सिँचाइको वैकल्पिक व्यवस्था लगायत युवाहरूले उठाएका सवालहरूमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पारे ।

उनले भने– ‘४० माइक्रोन भन्दा कमको प्लास्टिकलाई प्रतिबन्ध लगाइएको छ । त्यसैले अहिले सिंहदरबार प्लास्टिकमुक्त बनेको छ । विशेष गरी काठमाडौँ उपत्यकाकालाई नै प्लास्टिकमुक्त बनाउन महानगरपालिका, वन तथा वातावरण मन्त्रालय लगायत सम्बद्ध सबैको प्रयास भएको छ । नीति कार्यान्वयन गर्ने प्रक्रियामा हामी छौँ । वन तथा वातावरण मन्त्रालयमा युवामैत्री कक्ष होस् भन्ने कुरामा निकट भविष्यमा नै व्यवस्था गरिने विश्वास दिलाउन चाहन्छु । हरित सहर बनाउने विषयमा ध्यानाकर्षण भएको छ । हामी त्यतातिर अघि बढ्नेछौँ । वन डढेलो नियन्त्रण , खडेरीमा सिँचाइको वैकल्पिक व्यवस्था सम्बन्धमा सबै निकाय सजग र सतर्क छौँ । हाम्रो ध्यान गएको छ । ’

मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले प्रश्न गरेका थिए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...