View Point Long Banner Ad

पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते

लागुऔषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो । उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

 

लोनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेकाले र लागू औषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकाले ४ राउण्ड गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरी प्रवक्ता रेशम बोहराले बताए ।

लोनियालाई प्रहरीकै गाडीमा राखेर उपचारका लागि जिल्ला अस्पताल परासीमा पठाइएको छ । लोनियाको अवस्था मध्यम छ । उनी बोल्न सक्ने अवस्थामा छन् । लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ ।

 

सो स्थानबाट ९३ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...