View Point Long Banner Ad

इतिहास रचेको खो खो टोलीले विश्वकप जिते कति पुरस्कार पाउँछन् ?

६ माघ, काठमाडौं । प्रथम खो खो वर्ल्ड कप २०२५ मा नेपालको महिला र पुरूष दुवै टिमले फाइनल पुगेर इतिहास रचिसकेको छ । नेपालबाट टिम गेममा कुनै पनि खेलको विश्वकप फाइनल पुगेको यो पहिलोपटक हो ।

यसअघि क्रिकेटबाट सिनियर र जुनियर टिमले विश्वकप खेलेको भएपनि फाइनलमा पुग्न सकेको छैन । खो खो बाट टोलीले एकैपटक फाइनल पुग्दै ठूलो उपलब्धि हासिल गरेको छ ।

 

विश्वकपजस्तो ठूलो मेलामा फाइनल पुगेपछि नेपाली खो खो टिमले पुरस्कार पनि टन्नै पाउने छन् । सरकारी नियमअनुसार नै खेलाडीहरू लखपति हुनेछन् ।

खेलकुद विकास नियमावली २०७९ अनुसार अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ ।

 

खो खो विश्वकप पनि यही क्याटेगोरीमा पर्नेछ । यसरी हेर्दा खो खोको महिला र पुरुष दुवै टोलीले उपाधि जिते ५२ (५२ लाख पाउनेछन् । अहिले भने फाइनलअघि दुवै टोलीले कम्तीमा ४५ लाख नगद पुरस्कार पक्का गरिसकेका छन् ।

नेपालको दुवै टोलीले आइतबार हुने फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल जित्न सफल भए नेपाली टोलीले ५२ लाख प्राप्त गर्नेछ।

खेलकुद विकास नियमावलीमा विश्वकपका खेलहरूलाई ओलम्पिक सरह राखिएको छ । यसमा व्यक्तिगततर्फ स्वर्ण जितेमा १ करोड ३० लाख, रजत जितेमा ९७ र कांस्य जितेमा ६५ लाख पाउने व्यवस्था छ ।

खेलकुद नियमावलीको व्यवस्थाअनुसार हालै पेरिस पारा ओलिम्पिकमा कांस्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गरिसकेकी छिन्।

त्यस्तै खेलाडी मात्र नभएर प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक फिजियो र खेल संघले पनि पुरस्कार पाउनेछन्, जसअनुसार स्वर्ण जितेमा प्रशिक्षकले १३ लाख र रजत जिते ७ लाख ८० हजार प्राप्त गर्नेछन्।

त्यस्तै सहायक प्रशिक्षक, फिजिओ वा चिकित्सक र व्यवस्थापकले भने स्वर्ण जिते ६ लाख ५० हजार र रजत जिते ३ लाख ९० हजार र पुरस्कारको व्यवस्था छ।

टिमले स्वर्ण जितेमा नेपाल खो खो संघले १९ लाख ५० हजार र रजत जितेमा १५ लाख ६० हजार पाउनेछ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...