एमालेमा जाने तय भइसक्यो तर कहिले हुन्छ, थाहा छैन ः वामदेव
काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जाने तय भइसकेको बताएका छन्।
उनले आफू बिगत २ वर्षदेखि एमालेमा फर्किने प्रयत्नमा रहेको भए पनि अब चाहिँ एमालेमा जाने तय भएको दाबी गरे। यद्यपि, कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने नटुंगिएको गौतमको भनाइ छ।
‘एमालेमा फर्किन लागेको २ वर्ष भयो,’ उनले भने, ‘पोजिसन बाँड्दै हिँदैनौं, तिम्रो पोजिसन के हुनुपर्छ हामीलाई थाहा छ, हामी गरिहाल्छौं भन्छन्।’
उनले थपे, ‘जाने भने तय भैइसक्यो। समय तय भएको छैन।समय र स्थान सबै उतैबाट आउँछ।
गौतम यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि वार्तामा थिए।
पटक(पटक नेपालसँग कुराकानी गरेका उनले यसअघि समाजवादीमा वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको तर अरु जिम्मेवारी नटुंगिएको दाबी गरेका थिए।
वि.सं.२०८१ माघ ६ आइतवार १६:३७
















