ओखलढुंगामा कुटपिट गरेर एक जनाको हत्या
ओखलढुंगामा कुटपिटबाट एक जनाको हत्या भएको छ।
कुटपिटबाट चिसंखुगढी गाउँपालिका१ कुइभिरका ४५ वर्षीय रामकुमार राईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार स्थानीय टुकराज राईको कुटपिटबाट रामकुमारको मृत्यु भएको हो।
उनीहरुबीचको विवादका क्रममा घटना भएको प्रहरीले जनाएको छ। टुकराजको कुटाइबाट मरणासन्न अवस्थामा पुगेका राईको उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए।
कुटपिटमा संलग्न टुकराजलाई प्रहरीले पक्राउ गरेको छ।
वि.सं.२०८१ माघ ६ आइतवार १४:०६
















